Logo

एक जना सांसद सुतेर उठे लगत्तै सरकारले गरेको खर्च खोज्दै आए उसको हातमा विवरण थमाउनुपर्ने कारण छैनः प्रधानमन्त्रीका प्रेस सल्लाहकार



काठमाडौं, जेठ २९। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले कोरोना विरुद्धको अभियानमा सरकारले इमान्दार ढंगले काम गरिरहेको भन्दै औषधी र उपकरण खरिदमा भ्रष्टाचार भयो भनेर कसैले कोकोहोलो मच्चाउन आवस्यक नभएको बताएका छन् । उनले सरकारी संयन्त्रले भएको खर्च सार्वजनिक गरिसकेको र त्यसमा केहि कैफियत भए प्रमाणसहित पक्रियागत आउन चुनौती समेत दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सल्लाहकार थापा सरकारले सडकमा उफ्रने र तजविजी अनुसार नआउनेहरुलाई अहिले भएको सवै खर्च देखाउनुपर्ने बाध्यता नभएको बताएका छन् । उनले सरकारले यहिले सम्म यति खर्च भयो भनेर जानकारी दिएको र यसमा हिसाव हेर्ने सरकारी निकायहरु भएकाले सवै खर्चको हिसाब समयमा आउने बताए ।

उनले सरकारले खर्च सार्वजनिक नगरुन्जेल चुपचाप बसेकाहरुले सरकारले सार्वजनिक गरेकै कारण यति खर्च भएछ भनेर थाहा पाएका हुन भन्दै जनतालाई हिसाव देखाउनुपर्छ भन्ने कुरामा सरकारको दुइमत नभएको बताए । थापाले यसका पनि प्रावधानहरु भएको र एक जना सांसद सुतेर उठे लगत्तै खर्च खोज्दै आउँदा उसलाई सरकारले हातमा खर्चको विवरण थमाउनुपर्ने कारण नभएको बताए ।

उनले सरकारले गल्ति गरेको भए कहाँ भएको हो त्यो विन्दुमा समाएर आउनुपर्ने भन्दै हिजो विभिन्न ढंगले हरेक क्षेत्रमा हात फैलाउन बानि परेकाहरुले अतालिएर यो खर्च सडकमा माग्नु भन्दा अख्तियारमा प्रक्रियागत जान सुझाव दिदै बाटामा मादल बजाएर समाधान नहुने र कम्जोरी भएका रहेछन् भने पछि पनि छानविन गर्न सकिने बताए ।

उनले भने ‘सरकार जनतामाझ झुक्न जान्दछ । हिजो खान बानी परेकाले कोकोहोलो गरेर के हुन्छ । राज्यका निकायले छानविन गर्छन । अहिले फुर्सद भएकाहरु कम्जोरी खोज्नतिर लागे हुन्छ । जनताको जिउधनको रक्षा गर्न राज्य कोषको रकम खर्च गरेको हो । महालेखा परिक्षकको कार्यलय माफर्त पनि संसदमा प्रस्तुत गर्न सकिन्छ । सरकारी संयन्त्रले खर्च विवरण नबताउदा उनिहरु चुप थिए । जब खर्च विवरण सरकारी संयन्त्रहरुले सार्वजनिक गरे अनि उहाँहरु खर्चमाग्न थाल्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्