Logo

आउजीको परिवारलाई रोजगारी र आर्थिक सहयोग दिइने



अछाम,जेठ २९ । रोजगारी गुमाएको आवेगमा आफ्नै ज्यानमा आगो लगाएर ज्यान गुमाएका सिद्धार्थ आउजीको परिवारलाई सहयोग र रोजगारीको व्यवस्था हुने भएको छ ।

सोमार विहान अछामको बयलपाटा अस्पताल परिसरमा आत्महत्या प्रयार गरेको आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर रहेका उनी लगायत अस्पतालमा कार्यरत केहि कर्मचारीलाई अस्पतालले रोजगारीबाट निकालेपछि उनले आवेगमा आएर आफ्नै शरिरमा आगो लगाएका थिए । आउजीलाई

सो अस्पताल चलाउँदै आएको न्याय हेल्थ नेपालले आर्थिक सहयोग र परिवारका कुनै एक शदश्यलाई रोजगारी दिने भएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै न्याय हेल्थले कर्मचारी कटौतीको निर्णय तत्कालका लागि फिर्ता लिने निर्णयसंगै आर्थिक सहयोगको समेत आश्वासन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्