Logo

पूर्व आइजीपी चन्द जेलमुक्त



काठमाडौं, २९ जेठ । पूर्व आइजीपी रमेश चन्द ठकुरी जेलमुक्त भएका छन् । नेपाल प्रहरीको बहुचर्चित सुडान भ्रष्टाचार प्रकरणमा जेल परेका नेपाल उनी आज जेलमुक्त भएका हुन् ।

अदालतले सुनाएको एक वर्ष कैद सजाय काटेर उनी बिहीबार रिहा भएका हुन् । चन्द गत वर्ष १९ असारमा अदालतमा उपस्थित भई आफ्नो मुद्दामा पुनरावेदन माग गरेका थिए । अदालतले पुनरावेदन अस्वीकार गरेको थियो ।

प्रहरीको सुडानस्थित शान्ति मिसनलाई खरिद गरेको एपिसी लगायत सामान खरिदमा २८ करोड अनियमितता गरेको अभियोगमा उनीसहितका प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो । चन्दलाई सर्वोच्चले १७ वैशाख ०७४ मा एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनको ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

फैसलापछि लामो समय फरार रहेका उनी पछि आफैं अदालतमा उपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्