Logo

४७ करोड बराबरको नक्कली भारतीय नोट र डलरसहित छ जना पक्राउ



२९ जेठ । भारतीय र विदेशी मुद्रा ४७ करोड बराबरको रकम सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना भारतको पुनेमा घटेको हो । बुधबार सैन्य खुफिया एजेन्सी र पुने प्रहरीको समन्वयमा नक्कली नोट बरामद गरिएको हो ।

पक्राउ पर्नेमा एक कार्यरत आर्मी र पाँच जना नागिरिक संलग्न रहेका जनाइएको छ । ओरापीहरु मुद्रालाई एक्जेन्ज गर्ने क्रममा सक्कली नोट लिई नक्कली दिने गर्दथ्यो । सोही क्रममा प्रहरीलाई आशंका लागेपछि उनीहरुको छानवीन सुरु गरिएको थियो । बुधबार पुनेको विमान नगरस्थित एक घरबाट उनीहरुलाई नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो । अपराधीहरुलाई रङे हात समात्न पुनेका कमिसनरले आफै नोट एक्सचेन्स गर्ने प्रस्तावमा उनीको नजीक पुगेको जनाइएको छ । अपराधीहरुसंग भारतीय रुपैयाँ,अमेरिकी डलर, बन्दूक, क्यामेरा, इलेक्ट्रोनिक सामाग्री र सेल फोन बरामद भएको थियो ।

त्यसमध्ये ४२.४ करोड नक्कली भारतीय रुपैयाँ र ४.३ करोड बराबरको अमेरिकी डलर रहेको जनाइएको छ । पुने प्रहरीले उनीहरुलाई हिरासतमा राखी अनुसन्धान तीब्र गरको छ । सम्पूर्ण व्यक्तिको नाम समेत खुलिसकेको जनाइको छ । त्यसमध्ये भारतीय सरकारको आर्मी पेशामा करिब आँठ वर्ष देखि पुनामा रहेका थिए । आर्मी आपराधीक घटनाको मुख्य आरोपी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्