Logo

सासुको हत्यामा ज्वाइ पक्राउ



काठमाडौं, २९ जेठ । सासुआमाको हत्याको अभियोगमा पदम बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर गढी गाउँपालिका फुलवारी बस्ने आफ्नै सासुआमा नाता पर्ने ७० वर्षीया कान्छी माया भोम्जनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्युठान घर भई हाल ससुराली बस्ने नेपाली बिहीबार बिहान पक्राउ परेका हुन् ।

 

नेपालीले धारिलो हतियार प्रहार गर्दा सासुआमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्