Logo

यसरी बढाउनुहोस् कार्यालय जाने हिम्मत



नेपाल सहित धेरै देशमा अब लकडाउन खुल्न थालेको छ । अब हामी मध्ये धेरै मानिसहरु काममा फर्कने तयारीमा छौ । तर हामी भाइरसको आंतक अझै पनि रहेकाले त्रसित भइरहेका छौ ।

यी सबै हुँदाहुदै पनि हामीलार्ए बच्ने तरीकाको बारेमा धेरै थोरै जानकारी छ । यति हुँदा पनि हाम्रो मनमा मनोवैज्ञानिक असर अझै छ । बाहिर निस्कने र काम गर्ने हिम्मत जुटाउन सकीरहेका छैनौ । आज हामीले दिने जानकारीले पक्कै पनि तपाईको हिम्मत बढ्नेछ ।

कामको निश्चित उद्देश्य बनाउनुहोस्-कामको सुची बनाएर बाहिर निस्कने हिम्मत गर्नुपर्छ । काम आफ्नो कर्तव्य र निकै महत्वपुर्ण सोच्नुपर्छ । अझै सामाजिक कार्यमा लागेमा सामान्य दिनचर्यामा फर्कन सजिलो हुन्छ ।

  • सुरक्षा–सावधानीबाट आत्मविश्वास बढ्छ-आफुले कोरोना भाइरसबाट बच्ने नियम पालना गर्नुपर्छ । तपाइँले जति नियम पालना गर्नुहुन्छ त्यति नै बाहिर निस्कनको लागि आत्मविश्वास बढ्नेछ ।
  • अलिकति डर हुनु राम्रो-डरले मानिस सर्तक हुने मनोविज्ञहरुले बताएका छन् । यदि मानिसले मास्क लगाएर बाहिर निस्केमा संक्रमणबाट बच्नलाई सामाजिक दुरी कायम गरेन भने समस्या झन बढ्छ । त्यसकारण आफु मानसिक रुपमा तयार रहनु पर्छ ।
  • भावनात्मक ऊर्जावान रहनु-आफ्ना परिवार, साथीहरुसँग, सहकर्मीसँग कुरा गरिरहनुपर्छ यसले तपाइँको भावनात्मक रुपमा ऊर्जावान् राख्दछ । आफुलाई एक्लै छाड्नु हुन्न् ।
  • परिस्थिति अनुसार आफैलाई परिर्वतन गर्नुहोस्-हामी एक परिर्वतनबाट गुज्रिरहेको महसुस गरिरहेका छौ, परिस्थिति नियन्त्रण गर्ने कोशिश गर्नुहुँदैन, तर परिस्थिति अनुसार आफुलाई परिर्वतन भने पक्कै गर्नुपर्छ । हामीले परिस्थिति सुधार्न र समस्या समाधान गर्न केही ग¥यौ भने स्थिति झन् राम्रो हुनेछ । जस्तो बाहिर निस्कँदा सामाजिक दुरी कायम मात्र राख्न सकियो भने पनि धेरै हुन्छ ।
  • बाहिर निक्लदा भिडबाट बच्नुपर्छ –भिड हुने स्थानमा नजाने वा टाढा बस्दा तनाव कम हुन्छ ।
  • अब तनाबबाट बाहिर निस्कने समय हो-हामी केही महिनासम्म आफ्नो अस्तित्वलाई लिएरु अनिश्चितताको स्थितिमा बस्यौ, जसको कारण धेरै तनाव जब पनि झेल्नुपर्यो । अबको समय शारीरीक सक्रियता बढाउने हो ।
  • बेचैनी कम गर्ने-हामी योगा, गहिरो सास, माइन्ड फुलनेस, ध्यान गरेर बेचैनि हुनबाट जोगिन सकिन्छ । यसमा नै खुशी हुन सिक्नुहोस् ।
  • कोरोनालाई अवसरको रुपमा लिनुपर्छ । यसले परिवारको हेरविचार गर्ने, बच्चाहरुसँग दिन बिताउने, आफन्तसँग कुरा गर्ने समय दिएकोले यसलाई अवसरको रुपमा बुझ्नुपर्छ ।
  • काम गर्दा घरको पनि याद गर्नुहोस्-केही समय घरमा बसेकाले घरको सम्झना धेरै आउँछ । परिवारसँग दिन बिताएको क्षण सम्झिदै काम गर्दा विस्तारै विस्तारै तपाइँको आदत बस्नेछ । यसरी छिटो नै सबैकुरा सामान्य हुदै जानेछ ।


प्रतिक्रिया दिनुहोस्