Logo

सामाजिक अभियान्ताले गरे स्वास्थ्य सामाग्री हस्तान्तरण



अर्घाखाँची, २९ जेठ । कोभिड-१९ बाट सुरक्षित रहनका लागि छत्रदेव गाउँपालिकाको-८ नम्बर वडा कार्यालयलाइ सामाजिक अभियान्ताहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । अभियान्ताद्वय बिष्णु सुवेदी र सचिन पाण्डेले आज वडा कार्यालयलाई मेडिकल मास्क,सेनिटाइजर,PPE र पन्जा हस्तान्तरण गरेका हुन । PPE ५ पिस, मेडिकल सेनिटाइजर ३५ पिस, पन्जा एक हजार पिस, मेडिकल मास्क २५० पिस र N95 मास्क ५ पिस प्रदान गरियको अभियान्ता पाण्डेले बताए ।

उक्त सामाग्री काठमाडौंमा रहेको पामिर ईन्टरनेसनलका सन्चालक खडानन्द पाण्डे ,सोही कम्पनीका कमल पाण्डे र अभियान्ता द्वयले सम्युक्त रुपमा सहयोग गरेका हुन । वडा अध्यक्ष राजकुमार श्रेष्ठ, सदस्यहरु पशुपति कुँवर र ज्ञानबहादुर पाण्डेले ओडा कार्यालयमा सम्युक्त रूपमा सामाग्री ग्रहण गरेका हुन । उक्त अत्यावश्यक सामाग्री प्राप्त गरेपछि ओडा अध्यक्ष श्रेष्ठले सहयोग गर्ने सम्पुर्णप्रती वडा कार्यालय अत्यन्तै आभार रहेको भन्दै धन्यवाद प्रकट गरे ।

त्यसगरी उनले यी सामाग्रीहरु कोभिड-१९ रोकथाममा सक्रिय सामाजिक व्यक्ति र अन्य सर्वसाधारण लाई प्रदान गरिने पनि बताए । सरसफाइ सहित विभिन्न क्षेत्रमा आबद्द सचिन पाण्डेले केही दिन अघि वडा कार्यालयमा कोभिड-१९ बाट बच्ने सामाग्री अपर्याप्त भएको जानकारी पछि सहयोग शंकलन शुरु गरिएको बताए । कोभिड- १९ को संक्रमण अर्घाखाँचीमा दैनिक बढ्दो छ । सोमबार मात्र ३१ जनामा संक्रमण पुष्टि भयपछी स्थानिय तहहरु थप सक्रीय भएका छन ।



प्रतिक्रिया दिनुहोस्