Logo

लकडाउन उल्लंघन गरी प्रदर्शन गर्नेलाइ ६ महिनासम्म थुनामा राख्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं, २९ जेठ । सरकारले लकडाउन उल्लंघन गरी विरोध प्रदर्शनमा सहभागी हुनेलाई छ महिनासम्म थुनामा राख्ने चेतावनी दिएको छ । आज गृह मन्त्रायले प्रेस विज्ञप्तिमार्फत लकडाउन विपरित क्रियाकलाप गरी जुलुस प्रदर्शन, धर्ना जस्ता क्रियाकलापमा सहभागी हुनेलाई उक्त चेतावनी दिएको छ ।

गृह मन्त्रालयद्वारा साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न गक्ने स्मरण गराइन्छ ।’

गृहले कुनै पनि बहानामा जुलुस तथा धर्नामा संलग्न नगराउन र नहुन भनेको छ । यदि भएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

गृहले विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आव्हान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने भीडभाड गरी लकडाउनको उल्लंघन भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्