Logo

आममाफी पाएर कुबेतको जेलबाट छुटेका महिला फर्किए



काठमाडौँ, ३० जेठ। कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

जजिरा एयरलायन्सको दोस्रो जहाज २ः०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ । अहिले फर्कने नेपाली नागरिक पनि सबै महिला छन् । यसअघि पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । पछिल्लो सहित सहित कुवेतको जजिरा एयरलायन्सबाट २९९ जना नेपाली महिला स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले आज नेपाल फर्कनेको संख्या २९९ जना रहेको जानकारी दिएका छन् ।  फर्केकालाई नेपाली सेनाको टोलीले राजधानी स्थित विभिन्न होल्डिङ सेन्टरमा लगेको छ । जहाँ उनीहरुको व्यक्तिगत विवरण संकलन गरेपछि उनीहरुकै चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइएको छ ।

फर्केका सबै आममाफी पाएका नेपाली महिला छन् । कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले दिएको जानकारी अनुसार बिहिबार स्वदेश फर्किएका सबै नेपाल नागरिक आममाफी पाएका मध्येका छन् । अझै पनि नेपाल फर्कने अन्य नेपाली नागरिक प्रतीक्षामा छन् । उनीहरु लकडाउनको समयमा जेलमा रहेको अवस्थामा त्यहाँको सरकारले आम माफी दिएका थिए ।

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीनसयजना नेपाली बिहिबार फर्कने तय भएको हो ।

बुधबार उनीहरु आउने भनिएपनि कुवेतको र नेपालको समय तालिका नमिलेकाले रद्ध भएको थियो । दुबैतर्फको सहमतिमा बिहिबार दुबै जहाज अवतरण हुने तय भएको थियो ।- गोरखापत्रबाट चाँदनी हमालको रिपोर्ट Photo Source: Gorkhapatra by Sagar



प्रतिक्रिया दिनुहोस्