Logo

नक्शा दुवैतिर जनताको नागरिकता उतैतिर, तीन गाउँका आइजी देखि डिआइजीसम्म



काठमाडौं, ३० जेठ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्शा जारी भएपछि पूर्व झापा देखि कञ्चनपुरसम्म खुशियाली छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्रवादी’ नेता कहलिएका छन् । नक्शा नेपालले आफ्नो बनाइसक्यो तर जमिन भारतले नै भोगचलन गर्दै आएको छ । उक्त क्षेत्रका तीन हजार जनसंख्याबारे भने सरकार बेखबर नै छ ।

नक्शा बनाएपछि सरकारले प्रमाण जुटाउन लागिपरेको छ । जिम्मा दिएको छ द्वन्द्व विशेषज्ञ विष्णु उप्रेतीको संयोजकत्वको समितिलाई । द्वन्द्व विशेषज्ञ उप्रेती एकाएक भुगोलका विशेषज्ञमा रुपान्तरित हुनुपर्ने भएको छ । यो पनि गजबकै विषय बनेको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र ३६० वर्गकिलोमिटर छ जहाँ भारतले नेपालको भुमि अतिक्रमण गरेको विषय उठ्दै आएको छ । उक्त क्षेत्रमा तीन गाउँ छ । जसको नाम हो गुन्जी, कुटी र नाबी । त्यहाँ अधिकांश भोटिया समुदाय बस्छन् । त्यहाँका मानिसहरुले भारतको नागरिकता लिएका छन् ।

रोचक पक्ष त यो छ कि उच्च पहाडी क्षेत्र भएपनि तीन गाउँ प्रशासनिक क्षेत्रमा राम्रो संख्यामा प्रवेश बनाउन सकेकोमा पर्छ । त्यहाँ छ जना भारतको प्रशासनिक, प्रहरी र खुफिया एजेन्सीको उच्च अधिकृत छन् ।

टाइम्स अफ इन्डियाका अनुसार भारतको १९९७ ब्याचको आइपीएस अफिसर सञ्जय गुञ्ज्याल कालापानी क्षेत्रको गाउँका हुन् । उनी कुम्ब मेलाका आइजी छन् । विहारमा खटिएका बिनोद गुञ्ज्याल विहारमा खटाइएका आइएएस अधिकृत हुन् । २०११ को आइपिएस अधिकृत हेमन्त कुटियाल उत्तर प्रदेशमा खटिएका छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।

२००४ ब्याचका स्टेट पुलिस सर्भिसका अधिकृत विमल गुञ्ज्याल उत्तराखण्ड प्रहरीमा डिआइजी छन् । धिरेन्द्र सिंह गुञ्ज्याल पनि एसपिएस अधिकृत छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।



प्रतिक्रिया दिनुहोस्