Logo

करिश्मा मानन्धरले भनिन् “जनताको धैर्यको बाध फुट्नु नराम्रो“



काठमाडौ, ३० जेठ । नायिका करिश्मा मानन्धरले जनताको धैर्यको वाध फुट्न शुरु भएको बताएकी छिन् । उनले बालुवाटारमा स्वस्फुर्त रुपमा निस्किएको युवाहरुको जमातको समस्यालाई राज्यले गम्भीरतापुर्वक सोच्न आग्रह गरिन् ।

करिश्माले युवाहरु कुनै पार्टीका कार्यकर्ता नभई भोगाईमा परेका र यर्थाथ बुझेका नागरीक भएकोसमेत उल्लेख गरिन् । कोरोनाको महामारीमा यसरी जनता स्वस्फुर्त रुपमा बाहिर आउनु रहर नभई बाध्यता भएको र यसले राज्यलाई राम्रो संकेत नदिएको बताइन् । करिश्माले बालुवाटारमा युवाहरुमाथी प्रहरीले गरेको दमनको भिडियो सेयर गर्दै लेखेकी छिन्,

‘सेयर गरु गरु लाग्यो ! सत्य भनेको छ । यो कुनै पार्टी का कार्यकर्ता होइनन् भोगाइमा परेका र यथार्थ बुझेका नागरिक हुन । सबैलाइ अफ्नो ज्यान प्यारोछ , भिड्मा कोहि नबुझ्ने त देखिदैनन ! कोरोना को यो माहामारीमा येसरी जनताको धैर्यको बाध फुट्नु भनेको राम्रो स्ंकेत होइन , यो अवस्था कसरी आयो राज्यले गम्भीरता पुर्वक सोचोस !’



प्रतिक्रिया दिनुहोस्