Logo

केपी ओली र प्रचण्ड कायर नेता हुन् : पहाडी



काठमाडौं, ३० जेठ । मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कायर नेता भएको ओरोप लगाएका छन् । माईतीघर मण्डलामा संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौंले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारकर्मी पहारीले त्यस्तो आरोप लगाएका हुन् ।

पहाडीले भने,’सर्वहारावर्गको हकहितका लागि १४ वर्ष जेल जीवन विताएर प्रधानमन्त्री भएका खड्गप्रसाद ओली (केपी ओली) र गरीब, निमुखा र दलितको मुक्तिका लागि १० वर्ष जनयुद्धबाट यो राजनीतिक धरातलमा आएका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पश्चिम रुकुम सोती नरसंहार घट्नालाई नदेख्नु र नबोल्नु भनेको उनीहरु कायर नेताहरु हुन् ।’

सम्बोधनमा पश्चिम रुकुम सोती नरसंहार घटना अन्तरजातीय विभेद कै कारण भएको ठोकुवा गर्दै उनले भने,’त्यो घटना नियोजित घटाईएको मानवता विरोधी नरसंहार हो, सरकारले न्याय दिँदैन भने आन्दोलनको आँधी ल्याउनुपर्छ र यो सरकारको विकल्प खोज्नुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै राष्टिय दलित आयोगका पूर्व अध्यक्ष विजुल विश्वकर्माले हिन्दू धर्मका ठेकेदारहरुलाई ठेगान नलगाई अन्तरजातीय विभेदमा परेका समूदायहरुले न्याय नपाउने ठोकुवा गरे । उनले भने,’यतिबेला जातीय विभेदका मुद्दाहरुको छिनोफानो गर्ने समय भएको छ, यही आन्दोलनले नवराज जस्ता थुप्रै दलितहरुले भोग्नुपरेको मृत्युवरण र आफन्तले भोग्नुपरेको पीडाको न्याय दिलाउनुपर्छ ।’

नेपाली काँग्रेसी केन्द्रीय सदस्य एवं साँसद लक्ष्मी परियारले मानव भएर पनि दलित भएकै कारण विभिन्न बहानामा पटक–पटक मारिईनु पर्ने, न्याय पाउन पटक–पटक आन्दोलन गर्नुपर्ने र पनि न्याय नपाउनु विडम्बना भएको भन्दै सोती घटनाको निश्पक्ष छानवीन नहुँदासम्म आन्दोलन जारी राख्ने सल्लाह दिईन् । परियारले भनिन्, तपाईहरु यहाँ आन्दोलन जारी राख्नुस् हामी प्रतिनिधिसभामा न्यायका लागि निरन्तर खबरदारी गरिरहने छौं । Photo By: Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्