Logo

एमसीसी पास गर्न खोज्ने केपी ओली राष्ट्रका नालायक दलाल हुन् : सीपी गजुरेल



काठमाडौं, ३० जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास गर्नखोज्ने प्रधानमन्त्री केपी ओली राष्टका नालायक दलाल भएको गम्भीर आरोप लगाएका छन् । मोर्चाले माईतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले राष्टको सार्वभौमत्ता, अखण्डतालाई र नेपालीहरुको स्वाभिमानलाई डलरमा बेच्न खोज्ने ओली राष्ट्रका नालायक दलाल भएको आरोप लगाएका हुन् ।

मण्डलामा भेला भएका मोर्चाका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने-‘कोरोना उपचारमा दश अर्व रुपैया खर्च भयो भन्ने, जनताले एक सुको नपाउने अनि त्यो पैसा कहाँ गयो भन्दा भागबण्डामा गयो अनि यस्तालाई राष्टघाती नभनेर कसलाई भन्ने ?”

उनले ओलीको क्वारेण्टाईन कोरोनाको गुँड भएको पनि टिप्पणी गरे । गजुरेलले भने,’उनी जनताको जीवनमाथि खेलवाड गर्ने अपराधिको रुपमा गनिँदैछ्न्, देश र जनतालाई बन्धकीमा राखेर रातारात करोडपति हुनेहरुको सम्पत्तिको छानविन देशभक्त जनगणतान्त्रिक मोर्चाका गर्नेछ ।’

गजुरेलले भने,’यो सरकार पाहुनाको रुपमा गैसकेको भन्दै अमेरिकी सैनिक संगठनले तयार पारेको एमसीसी पास भयो भने अमेरिकी सैनिकहरुले यो देशका तीनै अंगका नेपाली सुरक्षा निकायहरुलाई लकडाउनमा राखेर शासन गर्नेछ ।’ Photo By: Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्