Logo

जनस्वास्थ्य मापदण्ड जारी



काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोग महामारीको नियन्त्रणका क्रममा जनस्वास्थ्य मापदण्ड जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको मापदण्डअनुसार अबदेखि सबै किसिमका जमघट तथा भेलामा कम्तीमा दुई मिटरको दूरी अनिवार्य कायम गर्नुपर्नेछ । यस्तै घरबाहिर निस्किनेबित्तिकै मास्क अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ । प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कार्यालयमा हात धुने व्यवस्था र सेनिटाइजर अनिवार्य राख्नैपर्ने हुन्छ ।

कुनै पनि कार्यालयको भवन प्रवेशअघि अनिवार्य रूपमा साबुनपानीले हात धुनैपर्ने व्यवस्था मापदण्डमा गरिएको छ । यीबाहेक मन्त्रालयले आधारभूत र संस्थागत रूपमा पनि मापदण्ड जारी गरेको छ । बन्दाबन्दीलाई सहजीकरण गर्दै दैनिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने भएकोले मापदण्ड जारी गरिएको मन्त्रालयले जनाएको छ ।

मापदण्डअनुसार आधारभूत रूपमा कुनै पनि वस्तुलाई नछुने, आफ्नो आँखा, कान, नाक र मुखलाई अनावश्यक रूपमा छुन हुँदैन । यस्तै खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले नाक छोप्नुपर्ने र हाछ्युँ गर्दा कुहिनाले नाक छोप्नुपर्ने हुन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot