Logo

भारतीय पत्रिकाले लेख्यो- भारतीय ससुराले नेपाली बुहारी भेट्न जाँदा गोली प्रहार



एजेन्सी ३१ जेठ । भारत र नेपाल बीचको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकहरु प्रवेश गर्न खोजेपछि तनावको माहौल सिर्जना भएको छ । शुक्रबार उक्त क्षेत्रमा अवस्था जटिल हुँदै गएपछि नेपालका तर्फबाट रहेका शसस्त्र प्रहरीले तनाव शान्त गर्न गोली प्रहार गरेका थिए । गोली प्रहार भएपछि २२ वर्षिय भारतीय नागरिको मृत्यु भएको भने दूई जना गम्भीर घाइते भएका थिए ।

सर्लाही र सीतामढीको सिमा क्षेत्रमा मानिसहरुको उपस्थिती र आवतजावत तीब्र भएकोमा प्रहरीद्वारा आपत्ति व्यक्त गरिएको थियो । दुवै देशका सीमा वर्ती क्षेत्रमा रहेका मानिसहरुको एक आपसमा आफ्नो नाता (सम्बन्ध) पर्ने गर्दछ । उनीहरु आफ्नो आफ्न्तलाई भेट्न जाँदा अवस्था गम्भीर भएको बुझिएको छ ।

यस घटनाले भारत र नेपालबीचको सीमावर्ती क्षेत्रमा तनाव बढाएको छ । उक्त घटना सीमावर्ती क्षेत्रको नो म्यान्स ल्याण्ड (दशगजा) को ७५ मिटर भित्र भएको थियो । भारतीय ४५ वर्षिय बृद्वाले आफना् बुहारी भेट्न गइरहेको क्रममा उनलाई फिर्ता हुन नेपाल प्रहरीले आग्रह गरेका थिए । तर, यादवले भने उक्त विषयलाई अस्वीकार गरी प्रवेश गर्न खोज्दा उक्त क्षेत्रमा झडप भएको र भारतीय नागरिक आक्रोशित भएका थिए । उनले आफ्नो बुहारीलाई लुकेर भेट्न सफल भएको भारतीय सुरक्षा बलले जनाएको छ । नेपालको एपीफ गस्ती टोलीले लोगन यादवलाई भारत जान बाध्य पारिरहेका थियो । बुहारी नेपाली नागरिक भएको कारण उनी आफ्नो बुहारीलाई भेट्न आउँदा घटनाले व्यापक रुपलिएको थियो । स्थानीय र प्रहरी बीचको झडपमा १५ राउण्ड गोली प्रहार भएको जनाइएको छ । सोनबर्षा र सर्लाहीको बीच सीमा क्षेत्रमा उक्त विवाद घटेको हो । टाइम्स अफ इन्डियाको भावानुवाद



प्रतिक्रिया दिनुहोस्