Logo

संसदमा देउवा : मुलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम



काठमाडौं, ३१ जेठ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको र यसलाई आगामी दिनमा पनि कायम राख्नुपर्ने स्पष्ट पारेका छन् । राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने उनको विश्वास थियो ।

उनले सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको प्रष्ट पारे । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले यस्तो बताएका हुन् । तस्विर : संघीय संसद सचिवालय



प्रतिक्रिया दिनुहोस्