Logo

अतिक्रमित भुमिबाट तत्काल भारतीय फौज फिर्ता गर्नुपर्छ- भीम रावल



काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय फौज तत्काल फिर्ता गर्न कुटनीतिक कुशलता देखाउनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा बोल्दै भुमि फिर्ता ल्याउन राष्ट्रिय एकता अनिवार्य भएको बताएका हुन् ।

‘हाम्रो भुमीबाट भारतीय फौज तत्काल फिर्ता गर्न कुटनीतिक कुशलता देखाउने बेला आएको छ,’ रावलले भने । उनले राष्ट्रिय एकता बनाउँदै अन्तर्राष्ट्रिय मित्रहरुलाई बुझाउनुपर्ने बताए । यसमा सबैको साथ र सहयोग रहनुपर्ने बताए ।

नेपाल भारत सिमाको नियमन गर्नुपर्नेमा जोड दिए । उनले नेपाल र भारतबीचको सिमामा अन्तर्राष्ट्रिय नियमानुसार नियमन गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्