Logo

सरकारको विरोधमा भएको सडक प्रदर्शनमा ऋषि धमलाको ‘सडक-साक्षात्कार’ (भिडिओसहित)



काठमाडौं, ३२ जेठ । सरकारको विरोधमा पछिल्ला दिनमा देशका विभिन्न ठूला शहरहरुमा विरोध प्रदर्शन भैरहेको छ । शान्तिपूर्ण र भौतिक दूरी कायम राखेर युवाहरु सडकमा सरकारको विरोधमा उत्रिएका छन् । उनीहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको ? दश अर्ब खोई ? आरडिटी नभई पिसिआर परीक्षण गर्नुपर्ने लगायतका माग राखेर प्लेकार्ड बोकेका छन् । यही सन्दर्भमा हिजो (शनिबार) काठमाडौंको माईतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उत्रिएका युवाहरुसँग पत्रकार ऋषि धमलाले सडक साक्षात्कार गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा हिजो राति प्रशारण भएको कार्यक्रममा युवाहरुले सरकारले गलत रवैया देखाएको भन्दै आफ्नो असन्तुष्टि र आक्रोश पोखेका थिए । हेरौं भिडियो :



प्रतिक्रिया दिनुहोस्