Logo

विश्वभर संक्रमितको संख्या ७९ लाख पुग्यो, मृतकको संख्या ४ लाख ३२ हजार



३२ जेठ : महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ ।-एएफपी



प्रतिक्रिया दिनुहोस्