Logo

नक्सा जारी गर्दा नेपाल र भारत दुवैको कुटनीतिक विफलता देखियो- दीपकुमार उपाध्याय



काठमाडौं, १ असार । भारतका लागि पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल र भारतबीच देश देशको मात्र नभई जनता जनताबीचको पनि सम्बन्ध रहेको बताएका छन् । उनले सिमा विवाद कुटनीतिक माध्यमले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । तर, भारतले एकपछि अर्को गरी चालेको कदमले नेपालसँगको सम्बन्धमा समस्याहरु आइरहेको बताएका छन् । यीनै सेरोफेरोमा नेपाली काँग्रेसका नेता समेत रहेका उपाध्यायसँग ऋषि धमलाले गरेको कुराकानीः
अब नेपालले भारतसँग कसरी वार्ता गर्ने ?
भारत र नेपालको सम्बन्ध भनेको सरकारबीचको व्यक्ति, पार्टी विशेषको नभएर जनस्तरको छ । इतिहास, संस्कृति र सभ्यताको विरासत छ । त्यसकारण भारतलाई पनि वाध्यता छ र नेपाललाई पनि वाध्यता छ । त्यही ग्राउन्डमा यसलाई मिलाउनुपर्छ । हामीले नक्सा जारी गर्दा नेपाल र भारत दुवैको कुटनीतिक विफलता भएको देखिन्छ ।
नक्सा जारी गर्दा नेपाल र भारतको कुटनीतिक विफलता कसरी भयो ?
यो विषयलाई यहाँसम्म पुग्न दिनुहुँदैन थियो । किन भने लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता विवादित क्षेत्र हो भनेर भारतले पटक–पटक स्वीकारेको हो । उनीहरुले नक्सा जारी गर्दासम्म त एउटा भन्ने बाटो थियो । हामीले तपाईंहरुको नक्सा जस्ताको जस्तै निकालेका हौं त्यसमा कुनै पनि तलमाथि गरेनौं । काश्मिर र लद्दाकको मामलामा नयाँ नक्सा बनाउँदा हामीले त्यो गरेका हौं भन्ने एउटा बहाना थियो । तर, पछि गएर बाटो पनि बन्दबन्दीको बेलामा उद्घाटन गरे त्यो अर्घेल्याईं भारत हो । वार्तामा नेपालको अधुरोपन देखिन्छ, त्यसमा भारतको पनि कुटनीतिक विफलता हो । अब यसमा भारतका प्रधानमन्त्री मोदीजीले एकपटक पुनःविचार गर्नुपर्छ । र, नेपालसँगको भुगोलको सम्बन्ध अरु देशसँगको जस्तो होइन । यो कुरा मोदीजीले राम्रो बुझ्नुभएको छ ।
भारतमा त ब्यूरोक्रेसी हावी छ नि मोदीजीले चाहेर मात्रै कुटनीतिक वार्ता गर्न त्यहाँको ब्युरोक्रेसीले दिन्छ ?
होइन उहाँले त्यसमा इच्छा शक्ति देखाउनुपर्छ । त्यो कुरा पटक–पटक देखाएको छ । म त दुई वर्ष गाह्रो बेलामा बसेको छु । ६ महिनाको अन्तरालमा दुईपटक नेपालको तर्पmबाट सेवा गर्ने अवसर पाएँ । भारतमा हामीकोमा जस्तो होइन, दुईवटा विचार छ । उनीहरुको परराष्ट्र नीति, देशको सुरक्षा नीति भनेको एउटा पार्टी, एउटा सरकारले गर्न गाह्रो हुन्छ । त्यसलाई परिचालन गर्ने, निर्णय गर्ने काम सरकारले गर्छ । तर, त्यहाँको राष्ट्रिय नीतिभन्दा बाहिर जान गाह्रो हुन्छ । प्रधानमन्त्री मोदीलाई पनि एउटा दबाब थियो । नेपालसँगको भारतको सम्बन्ध त त्यति राम्रो होइन नि । राजनीतिक तहको सम्बन्ध भयो भने त्यसको श्रेय मोदीजीलाई जान्छ । सत्तामा मोदीजी आएपछि बल्ला राजनीतिक तहमा सम्बन्ध बढ्यो । उहाँ आफूले पनि नेपाल भ्रमण गर्नुभयो । मन्त्रीहरुलाई पनि धेरै चोटी पठाउनुभयो । त्यसले राजनीतिक तहको सम्बन्ध भएको हो । अब राम्रो वातावरण भन्दा किन विथोलिएको छ त्यसलाई राम्रो बनाउनुपर्छ । कुटनीतिमा सबैभन्दा ठूलो कुरा विश्वासको वातावरण बनाउनुपर्छ । अहिले कताकता विसमता देखिएको त्यो नेपालको लागि पनि र भारतको लागि पनि हानीकारक छ । अब त्यसलाई अनियन्त्रित हुनदिनुहुँदैन । त्यसको लागि अब सम्वाद सुरु हुनुपर्छ ।
भारतले त अब वार्ताको वातावरण बिग्रिइसक्यो हामी गर्न सक्दैनौं भन्यो नि ?
उनीहरुको राष्ट्रिय नीतिको बारेमा हामीले कुरा गर्यौं । मैले त धेरैचोटी कस्ताकस्ता घटना व्यहोरेँ भन्दा शेरबहादुरजी प्रधानमन्त्री हुँदाखेरी गयामा रात बस्ने कुरा भयो । त्यहाँ विहारका मुख्यमन्त्री नितिसजी पनि नेपालसँग संवाद गर्नुपर्छ । पानीको प्रवन्ध हुनसक्यो भने चुरेक्षत्रलगायत सम्पूर्ण तराई पनि स्वर्ग हुने । विहारको भूभाग पनि स्वर्ग हुने । हामीसँग हाइड्रोको कमी त्यसको लागि संवाद अगाडि बढाउनुप¥यो भनेको त्यहाँको परराष्ट्रमन्त्रालय मरे मान्दैन । मुख्यमन्त्री नितेशजीकै सल्लाहमा उहाँले प्रधानमन्त्रीलाई सोधेपछि बल्ला अनुमति आयो । उहाँहरु छलफल गर्न मान्नुभयो । आएर कुरा गरेर तुरुन्तै फर्किनुभयो । त्यसैले मैले भन्नखोजेको यस्तो घटनाहरु धेरै छन् । त्यहाँ ब्रिटिसको समयदेखि नै राष्ट्रिय नीतिको अर्कैखाले छ । अब नेपालका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता विपरीत जहाँ मनलाग्यो त्यहाँ बाटो बनाइदिने । जहाँ मनलाग्यो त्यहाँ बाध बनाइदिएको छ । पानीको बहावलाई अवरोध गरिदिएको छ । अनि हामीले नेपालको सहमतिबिना यी सबै काम कसरी भइराखेको भन्दा खैलाबैला पर्यो । यी कुरालाई हामीले बुझ्नुपर्छ ।
ब्यूरोक्रेसीको निर्णयलाई चिर्न सक्ने लिडरसीप भारतमा छ र ?
अहिलेको नेतृत्वमा त्यो क्षमता छ । मोदीजीले नेपालको उच्चतहको प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमणको बेलामा आफ्नो सम्बन्धित ठाउँका मन्त्रीहरुलाई निर्देशन दिनुभएको थियो, ‘कुनै कुराको कमी नहोस्’ भनेर । उनीहरुले होटेलै चेन्ज गरिदिन्छन् । त्यसैले मोदीजीमा इच्छाशक्ति नभएको होइन । हामीले नेपालको पनि खाली भारतलाई बागी मात्रै गरेर समस्याको समाधान हुँदैन । यो विषयमा पनि बसेर छलफल गर्नुपर्छ । जब यो संविधानसभाको चुनावपछि जुनखालको राजनीतिक, कुटनीतिक सम्बन्ध राख्नुपर्ने, डिल गर्नुपर्ने हुन्छ । जसले गर्दा भारतलाई पनि राम्रो होस् नेपाललाई पनि राम्रो होस् । यो किन राम्रो हुनसकेको छैन ? बाहिरबाट हेर्दा त राम्रै देखिन्छ । हामी प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीबीचमा । कलाकौशल चातु¥र्यात भन्ने त आफ्ना, आफ्ना देशको हितका लागि सबैले गर्ने हो । फेरि मोदीजी आफैले भन्नुभएको नेपाल भनेको त देव भूमि, आधारभूमि भनेर प्रसंशा गर्नुहुन्थ्यो । फेरि कसरी मिलीरहेको छैन अचम्म छ । कुटनीतिक वार्ताको वातावरण बनाउन नेपाल र भारत दुवै चुकेको छौं । त्यो भूभागमा नेपालको सत्य, तथ्य प्रमाणहरु पुग्छन् भने भारतले त्यसलाई स्वीकार्नुपर्यो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा त नेपालकै हो सबै प्रमाणहरु छन्, वार्ताको मोडालिटीको कुरा गर्दा भारतलाई कसरी मनाउने ?
प्रमाणले त्यो ठाउँ भए हाम्रै भएपनि उनीहरुको भनाइ के छ भने त्यो ठाउँमा हाम्रो सेना त ५०, ६० वर्षदेखि बसेकै थियो । यत्रो वर्षसम्म कहिल्यै यो बारेमा चर्चा (उठेन । तपाईंहरुले आफ्नो नक्सापनि गिभअप गरेर छोडेर हामीलाई सजिलै भएको थियो । अहिले कसरी विवाद उठ्यो ? कुटनीतिक क्षेत्रका मान्छेहरुले कहीकाही कुराहरु झिक्थे । यसअघि हाम्रो नेपालमा सधैं अस्थिरता थियो । त्यो कुरा निरन्तरतामा परेन । त्यसकारण तपाईंहरुले परराष्ट्रको प्रोटोकल नस्वकारेका कारणले तपाईंहरुलार्इृ राम्र हुँदैन । विवादित भूमि भन्दाभन्दै सडकसमेत बन्दाबन्दीको अवस्था उद्घाटन गरेपछि तपाईंहरुलाई नैतिक दबाब छ । सम्पूर्ण देश एक ठाउँमा उभिएको छ । जनतामा चेतना बढेको छ । त्यसैलाई समयमै सम्वोधन गर्नुपर्छ भनेर मैले भन्ने गरेको थिएँ । त्यसमा ध्यान नदिनु भारतको अर्घेल्याईं हो । अहिले हामीले नक्सा पास गरिसकेपछि भारतबाट अब नेपालले नक्सा जारी गरेर वार्ताको बाटो बन्द ग¥यो भन्ने अभिव्यक्तिहरु आइरकेको छ । अब यसमा व्यापक रुपले कुरा उठ्ने त्यसमा यो गल्ती नेपालको कि भारतको भनेर । यो त भारतबाटै उठ्छ । नाकाबन्दीको बेला भारतको लोकसभा, राज्यसभामा कसरी बहस भयो ? त्यसैले भारतलाई नेपालसँगको सम्बन्ध अरु देशहरुसँग जस्तो होइन । यसलाई बिगारियो भने ठूलो नोक्सान हुन्छ भन्ने कुरा त्यो बेलामा पनि उठ्यो । अरु सबै कुरामा सम्झौता गर्न सकिएला तर भूगोलको विषयमा सकिँदैन नि ।
अहिलेको अवस्थामा मोदी र ओलीबीच वार्ता हुन्छ कि हुँदैन ?
त्यो दिन आउँछ । अरुले जे जे बोले पनि हुन्छ । नेपालमा हाम्रा वामपन्थी मित्रहरुले अमेरिकी साम्रज्यवाद र भारतीय विस्तारवाद भनेनन् र विरोध गरेनन् भने उनीहरुको आफ्नै धरातल हल्लिन थाल्छ । त्यो उनीहरुले बुझेका छन् । कमसेकम प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले बोल्दाखेरी अलिकति संयम्ता देखाएदेखि राम्रो हुनेथियो । यसरी नै गाली गर्दै जाने हो भने उनीहरुको ब्युरोक्रेसीले पनि नेपालले सधैं गाली मात्रै गरिरहन्छ भने हामी चाहीं किन झुक्ने भन्ने पनि हुन सक्छ ।
भारतीय कुटनीतिक तहले त नेपालले आफ्नो यात्रा तय ग¥यो, हामी पनि आफ्नो यात्रा तय गर्दछौं भनेका छन् नि ?
नाकाबन्दीको बेलामा मलाई १० चोटी त्यो भनियो । त्यो बेलामा मैले यसरी भन्दा तपाईंहरुको जिम्मेवारी भित्र पर्छ भनेँ । यसरी प्रस्ट राखेर हामी त्यो बेलामा सहमति गराउँथ्यौं । त्यसले सुस्मा स्वराजले तुरुन्तै समय दिनुहुन्थ्यो । अहिलेका मन्त्रीज्यू त्यतिबेला सचिव हुनुहुन्थ्यो उहाँलाई निर्देशन दिनुहुन्थ्यो । उहाँले पनि जतिबेलामा भेटघाट गर्नुहुन्थ्यो । प्रधानमन्त्री कार्यालयमै पनि कतिपटक भेटिनुहुन्थ्यो । भारतमा नेपाल जस्तो होइन । त्यहाँ त दुईवटा भारत छ, एउटा राजनीतिक तहको अर्को ब्युरोक्रेीको । भारतका प्रधानमन्त्रीले नेपालमा आएर जुन अभिव्यक्ति दिएका थिए त्यो व्यक्तिगत धारणा थिए । जसरी आज सिंगै राष्ट्र एक ठाउँमा उभिएको छ । सबैभन्दा ठूलो कुरा यो हो । अब सबै राष्ट्र, जनता, राजनीतिक दल एकठाउँमा भइरहेन हुनुपर्छ । प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले त्यो भूमिका खेल्नुपर्छ । परिवक्वता भनेको विश्वासको वातावरण जगाउने काम हो । त्यसमा भारत र नेपाल दुवैतर्पmबाट आफ्ना आफ्ना गल्ती महसुस गर्नेपर्छ । किन भने वार्ता हुन नसक्ने, इपीजीको रिपोर्ट नबुझ्ने राजनीतिक र कुटनीतिक रुपमा राम्रो मानिदैन, अर्घेल्याईं हुन्छ ।
अब कसरी फिर्ता लिने त सीमामा युद्ध गरेर, सेना पठाएर लिन सकिन्छ ?
यसमा युद्धको कुरै छैन । कहिलेकाही अतिवादी सोचहरु यहाँ आउँछन् । त्यहाँसम्म जानुपनि पर्दैन, त्यस्तो गर्नुपनि पनि हुँदैन । राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर उनीहरुको पनि चित्त बुझाएर ससम्मान हामीले तथ्य प्रमाण राखेर नेपालको स्वामित्व कायम भएपछि पनि त्यसलाई उपयोग गर्ने बारेमा त खुल्ला छौं नि । फेरि छिमेकी राष्ट्र भारत र चीनलाई नेपालको कुनै पनि भूभागले अहित नगर्ने ग्यारेन्टी गरेकै छौं । त्यहाँ चीनको स्वार्थ पनि दक्षिणतिर आउने एउटा बाटो चाहिएको । भारतलाई पनि पाकिस्तानमा विवाद चलिरहेकाले त्यही बाटो राम्रो । यी दुवैका स्वार्थले यस्तो हुन आएको छ । त्यहाँ दुवै देशको राजनीतिक स्वार्थ भन्दा पनि व्यापारिक कुरा छन् । यसले गर्दा चीनबाट पनि लिपुलेक नै त्रिदेशीय बिन्द भन्ने आयो त्यसलाई हामीले प्रतिवाद ग¥यौं । चीनले गल्ती भएको सच्याउने भने पनि भारतले पनि बोलेको छैन । त्यसैले यसलाई परिवक्वताका साथ भारतलाई चित्त नदुखाइकन वार्ता गर्ने वातावरण बनाउनुपर्छ । यसको लागि मोदीजी पनि तयार हुनुपर्छ हाम्रो प्रधानमन्त्रीज्यू पनि तयार हुनुपर्यो ।-File Photo



प्रतिक्रिया दिनुहोस्