Logo

वर्षौदेखि बिछोडीएका भाई बहिनीलाई फेसबुकले भेट्टाइदियो



कसैले फेसबुकलाई नातामा विवाद ल्याउनेमा जिम्मेवार भनेपनि कसैलाई भने धेरै फाइदा गरेको छ । क्यानाडामा वर्षौ देखि छुट्टिएका भाइबहिनी भेटाइदिएको छ । उनीहरु १९८७ मा आमाको कारण छुट्टिएका थिए । ती बहिनी शाइलो विल्सनले भाईलाई खोज्ने प्रयास शुरु गरेकी हुन् ।

वास्तवमा उनकी आमाले एक राम्रो परिवारलाई छोरी जिम्मा लगाएकी थिइन् त्यतिबेला उनको उमेर जम्मा ३ वर्षको थियो । केहि वर्ष पश्चात आमाको निधन भएसँगै उनले भाईको सम्झना गर्न थालिन् । उनीसँग भाईको ६ महिना हुँदाको फोटो थियो । दिदिले आफ्नो भाईको तस्वीर फेसबुकमा राखेर मानिसहरुलाई खोज्न आग्रह गरीन् । संयोगले भाईले पनि त्यहि फोटो ट्याग गरेर राखेको थियो । भाईले त्यो फोटो देख्यो र पहिचान ग¥यो । र दुई भाई बहिनीको भेट भयो ।



प्रतिक्रिया दिनुहोस्