Logo

सरिता गिरीलाई पार्टीबाट निश्काषन गर्ने समाजवादी पार्टीको तयारी



काठमाडौं, १ असार । समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने तयारी गरेको छ । पार्टीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव काम विशेषले काठमाडौं बाहिर भएकोले उनीहरु काठमाडौं आउनेबित्तिकै पार्टीको संसदीय दलको बैठक बसेर गिरीलाई कारबाही गर्ने तयारी भएको स्रोतको दाबी छ । सांसद गिरीले पार्टीको निर्देशन र ह्विप नमानेकोले उनलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीले कारबाही गर्न लागेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्