Logo

भारतीय गोर्खा फौजको युद्ध हुंकार ‘आयो गोर्खाली !’-भारतीय रक्षामन्त्री राजनाथ सिंह



एजेन्सी, १ असार । भारतका रक्षामन्त्री राजनाथ सिहले नेपाल र भारतबीचको सम्बन्ध तितो हुनैनसक्ने बताएका छन् । उनले रोटी बेटी, धर्म संस्कृति र सैन्य सम्बन्धको व्याख्या गर्दा जस्तोसुकै समस्या पनि वार्ताबाट समाधान हुनसक्ने बताएका हुन् । सिंहले भारतीय जनता पार्टीको उत्तराखण्ड युनिटलाई सम्बोधन गर्ने क्रममा आज यस्तो बताएका हुन् ।

गोर्खा रेजिमेटनको युद्ध हुंकार जय महाकाली ! आयो गोर्खाली ! उल्लेख गर्दै भने, ‘भारतीय गोर्खा रेजिमेन्टको युद्ध हुंकार जय महाकाली !  आयो गोर्खाली ! हो । महाकाली बँगाल र उत्तराखण्डमा पुजिनुहुन्छ । कसरी यस्तो सम्बन्ध तितो हुनसक्छ ?’ कुनै पनि भारतीयले नेपालको अहितलाई स्थान नदिने बताए । उनले भने, ‘नेपालसँगको सम्बन्ध दुई देशबीचको सामान्य सम्बन्धभन्दा माथि छ ।’

सिंहले नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धको व्याख्या गरे । उनले प्रश्न गरे, ‘के हामी बाबा पशुपतिनाथ र बाबा अमरनाथबीचको अन्तरसम्बन्धलाई बिर्सन सक्छौं ?’

भारतले लिपुलेक हुँदै लिंकरोड खोलेपछि नेपालले आपत्ती जनाएको र भारतीय सेनापतिले कसैको उक्साहट भनी चीनतर्फ इंकित गरेलगत्तै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी हुँदै नयाँ नक्शा जारी गरेयता सम्बन्धमा समस्या आइरहँदा भारतीय रक्षामन्त्रीबाट पछिल्लो धारणा सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्