Logo

अली अली तनाबमा छु…..(भिडिओसहित)



डा. बिष्णु मुर्ती भट्टराई

अली अली तनाबमा छु अली अली दबाब मा छु
थोरै पाको सम्हाल्दै छु कती अझै अभाव मा छु

पर्खाइमा दिन रात घाम पानी को चोट छल्दै
मन मा झारे पनि आशु बाइर हास्ने स्वभाभ मा छु

बिहानि को किरण सङै हातगोडा अघी बढ्छन
अल्झिञ्छु म अलमलिञ्छु पिडा को आभाष मा छु

सन्तोष मिल्ने पिर हरु छुन पाउदा रमाउछु
एता कैले उता पुग्छु लाग्छ हुरी बतासमा छु

फरक फरक कुरा मिल्छ फरक फरक ठाउमा
खोजि छ खै के को कुन्नि सोच्छु अलि हतास मा छु

डा. बिष्णु मुर्ति भट्टराई



प्रतिक्रिया दिनुहोस्