बाँड्न सक्ने छैेनन्
उनले कहिल्यै अब
सुन्दर सपनाहरू
आफ्ना बाबा आमासँग
गाँस्न सक्ने छैनन्
उनले कहिल्यै अब
सुन्दर मालाहरू
आफ्ना दिदी बहिनीहरुसँग
बुन्न सक्ने छैनन्
उनले कहिल्यै अब
सुन्दर भविश्य
आफ्ना साथीसँगीहरूसँग
तिखारेर दार्हाहरू
निर्वाधरुपमा
जबजब
डुलिरहन्छ राम सिँहहरू
घुमिरहन्छ राम सिँहहरू
तबतब
उनकोजस्तै नियती भोग्न
अभिशप्त हुन्छन्
हरेक युगका चेलीहरू
एक्काइसौँ शताब्दि
टेकिसक्दा पनि
मरेका छैनन् अझै
दुर्योधन र दुःशासानहरू
मेटिएका छैनन् अझै
मानब सभ्यताका कलंकहरू
फेरिएका छैनन् अझै
खियालागेका पुरातन सोचहरू
न घर न होटल
न बस न मोटर
न स्कुल न अफिस
न रेल न प्लेन
न गाउँ न शहर
कहीँ पनि त सुरक्षित छैनन् उनीहरू
कहीँ पनि त आरक्षित छैनन् उनीहरू
युगौँ देखि लडिनै रहन बाध्यछन्
उनीहरू
आफ्ना अस्मिताका लागि
आफ्ना अस्तित्वका लागि
आफ्ना जिन्दगीका लागि
अफसोस
जति नै लडे तापनि
जति नै भिडे तापनि
हार्नु बाहेक अर्को विकल्प रहेन
मर्नु बाहेक अर्को विकल्प छाडेन
अरुजस्तै उनी पनि
बहादुरीका साथ लड्दा लड्दै
बहादुरीका साथ भिड्दा भिड्दै
आखिर हारेरै गइन्
आखिर मरेरै गइन्
कुनै नाम नदिएकी
सर्बनाम युवती उनी
मेरो कोही होइनन्
र, पनि मेरैजस्तो लाग्यो
आफ्नो कोही पर्दैनन्
र, पनि आफ्नैजस्तै लाग्यो
उनका लागि बालेका मैन बत्तीहरु पनि
आफ्नो समय पछि निभेर जालान्
उनका लागि छापेका खबरहरु पनि
खबरहरुको भिडमा हराएर जालान्
जाँदाजाँदै उनले
हाम्रो मनमस्तिष्कभित्र बालेर गएको
ज्योतिलाई भने
कदापि निभ्न दिनुहुन्न अब !
मर्दामर्दै हाम्रो छातीमा गाडेर गएको
झण्डालाई भने
कदापि झुक्न दिनुहुन्न अब !!
उषा शेरचन / फोटो स्रोतः उषा शेरचनको फेसबुक