Logo

एक महिनाको पढाई खर्च २५ करोड



काठमाडौं, असार २ । कोरोना भाइरस संक्रमण त्रासका कारण नियमित पढाइबाट वञ्चित भएका विद्यार्थीको सिकाइ स्तर बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २५ करोड रुपैयाँ खर्च हुने गरी एकमहिने कार्यक्रम सञ्चालन गरेको छ।

दैनिक विद्यालय गएर हुने शैक्षिक क्रियाकलापभन्दा भिन्न तरिकाबाट विद्यार्थीलाई सिकाउन खोजिएको छ। तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण अभियान पैसा खर्च गर्ने मेलो मात्र हुने हो कि भन्ने शंका मन्त्रालयकै अधिकारीमा छ।

कक्षा १ देखि १० सम्म पढ्ने करिब ६० लाख विद्यार्थीलाई लक्ष्य गरेर कार्यक्रम सञ्चालन गरिएको हो। कोरोना त्रासका कारण सरकारले जारी गरेको मुलुकव्यापी लकडाउनका कारण चैत ११ गतेबाट मुलुकभरका शैक्षिक संस्था बन्द छन्।

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्षमता ह्रास आउने चिन्ता मन्त्रालयलाई छ। तर, विद्यार्थीलाई कसरी सिकाउने भन्ने विषयमा लामो समयसम्म अलमल्लमा परेको मन्त्रालयले निर्देशिका जारी गरेर दैनिक पढाइको विकल्पमा चार वटा वैकल्पिक उपाय अपनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्