Logo

देशका अधिकांश भागमा बर्षाको सम्भावना



काठमाडौं, असार २ । यो बर्षको मनसुन भित्रिएसंगै मंगलबार देशभर मौसममा बदली आएको छ । गत बर्ष भन्दा दुई दिन ढिला गरि नेपाल प्रवेश गरेको मनुसन यति बेला प्रदेश नं ५, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा सक्रिय भएको छ । मनसुन सक्रिए भएसंगै रातीदेखि उल्लेखित क्षेत्रहरुमा बर्षा समेत भईरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबारसम्म देशभर मौसममा थप प्रभाव बढदै जाने हुँदा उच्च बर्षाको समेत सम्भावना बढेको महाशाखाको भनाई छ । उच्च बर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने सम्भावना र सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेकाले सबैमा सचेत रहनसमेत महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्