Logo

‘पर्यटन क्षेत्रमा अबको सम्भावना र चुनौती’



रिचार्ड बन्जारा धादिङ सल्यानकोटको कार्कीगाउँमा जन्मिएका हुन्। उनी हिमालय ल्याण्ड ट्रेक्स एण्ड एक्स्पेडिशन संस्थाको संस्थापक पनि हुन्। संस्थापक बन्जारा १५ वर्षकै उमेरदेखि ट्रेकिङ व्यवसायमा संलग्न यूवा हुन्। उनले हालसम्म सयौं पर्यटकहरुलाई नेपालका रमणीय दृश्यहरुको स्वाद चखाई सकेका छन्। जसमा मनास्लु, अन्नपुर्ण, एभरेष्ट, घोरेपानी र विभिन्न स्थानहरु रहेका छन् ।

उनले भने कोभिड-१९ को कारणले अहिले विश्वनै आक्रान्त बनिरहेको छ। यस्तो अवस्थामा संसारकै शक्तिशाली राष्ट्रहरूको आर्थिक वृद्धिदर घटिरहेको छ। हाम्रो जस्तो सानो मुलुक नेपालमा यस्तो समस्याबाट कसरी छुटकारा पाउने र कोभिड-१९ को कारणले घटिरहेको आर्थिक वृद्धिदरलाई कसरी निराकरण गर्ने भन्ने चुनौतीको ठूलो प्रश्न खडा भइरहेको छ। कोभिड-१९ को कारणले अब विश्वका सबै राष्ट्रहरूको पर्यटन आगामी २ वर्ष लाई ठप्प हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा पर्यटन व्यवसायीहरू अब के गर्नेहोला र पर्यटन व्यवसायलाई कसरी फस्टाउँदै अगाडि लाने भन्ने कुराको अन्योलमा परिरहेका छन्।

कोभिड-१९ कै कारण नेपाल भ्रमण २०२० पनि स्थगित भइसकेको छ। अब पर्यटन एक घर र एक परिवार लाई मात्र नभई सम्पूर्ण समुदाय र राष्ट्रको विकासको लागि हुनुपर्छ ।नेपाल भ्रमण २०२० स्थगित कारण अब सरकारले फेरि पनि आगामी ३/४ वर्ष पछि नेपाल भ्रमण २०२४/ २५ कार्यक्रम लिएर आउनुपर्छ। कोभिड-१९ कै कारण मानिसहरू मानसिक रुपमा चिन्तित भएकाे हुदा यस अवसरलाई मौकाको रुपमा घुम्ने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यक छ। विश्व अहिले कोभिड-१९ को कारण आक्रान्तिक भएको अवस्थामा घरबेटीहरू चर्को भाडाको कारण नयाँ पर्यटन व्यवसायीहरूलाई समस्या भएको छ। त्यसको लागि सरकारले केही समयको लागि भए पनि घरभाडा छुटको व्यवस्था गर्नुपर्ने छ।

उनले नेपालको पर्यटन प्रवद्र्धनको लागी अब सरकारले विश्वका विकसित देशमा गएर प्रचार प्रसार गर्नुको साथ साथै नेपालमा विदेशी पर्यटक भित्र्याउनको निमित्त पर्यटकहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने धारणा राखे ।

‘पर्यटन अझ प्रभावकारी बनाउनको लागि सरकारले पर्यटन क्षेत्रको लागि बढिभन्दा बढि बजेट विनियोजन गर्नुपर्ने हुन्छ। पर्यटकहरूको लागि यातायात साधन परिचालन गर्नुको साथै बस्न र खानाको लागि सुरक्षित होटलहरूको व्यवस्था गर्नुपर्ने छ।’-उनले भने । नेपालको अर्थतन्त्र पुर्ण रूपमा पर्यटन व्यवसायमा निर्भर रहेकोले नेपाल सरकारले चाँडोभन्दा चाँडो घटिरहेको आर्थिक वृद्धिदर निराकरण गर्नको लागि पहल गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्