Logo

नाम, ऐस, इज्जत र पैसा हुँदा पनि किन मानिसले आत्महत्या गर्छ



प्रभात सिंहः विश्व तीब्र गतीमा अगाडि बढिरहेको छ । विश्व नै आधुनिकीकरण गर्न मानिसहरु समेत आफ्नो पूर्ण समय काममा बिताइरहेको हुन्छन् । कसैलाई कसैसंग एकछिन पनि बोल्ने फुर्सद छैन । व्यस्त जीवनलाई मानिसहरु आफ्नो दैनिकीमा आत्मसात गर्दै अगाडि बढेका छन् ।

व्यस्तताका कारण मानिसको जीवन बाँच्ने आधार र औचित्य नै गुमिरहेको स्वयम मानिसले समेत अनुभुति गर्न सक्दैन । मानिसको जीवनमा आफ्ना परिवार र आफ्ना लागी समय नभए कुन सम्पूर्ण ऐस, आराम भएतापनि मन विचलीत भइरहन्छ । दैनिक परिस्थितीलाई सुल्झाएर हिड्न कतिपयको सोच भन्दा ठूलोे हुने गर्दछ ।

परिस्थितीको सामाना गर्नुभन्दा मानिसले आत्महत्याको उपाय अपनाउने गर्दछ । दिन प्रतिदिन आत्महत्या भयावह रुपमा प्रस्तुत भइरहेको छ । दक्षीण एसिया क्षेत्रको भारतमा सबै भन्दा धेरै आत्महत्या हुने गर्दछ । भारतमा एक लाख मानिसमा १६.५ जनाले प्रत्येक दिन आत्महत्या गरिहरहेको तथ्यांकले देखाउँछ ।

बलिउड कलाकार सुशान्त सिंश राजपुतले आत्महत्या गरेपछि यो साबित हुन्छ कि नाम, ऐस, इज्जत, पैसा भएपनि मानिस आत्महत्या गर्न बाध्य हुन्छन् । मानसिक सन्तुलनलाई आफना्े विचार र मेहनतले अब्बल बनाउन आवश्यक रहेको बुझिन्छ । आत्महत्या गर्नुको मुख्य कारण के रहेको छ भने कसैले स्पष्ट पार्न सकेको छैन् । आत्महत्याको मुख्य कारण डिप्रेशन रहेको र त्यसकारण उत्पन्न हुने विभिन्न मानसिक रोगका कारण मानिस आत्महत्या गर्न बाध्य हुन्छ । यस रोगको उपचार भने कसैसंग छैन् । मानसिक चिकित्सकहरुको लाखौँ प्रयास बाबजुद मानिसहरु आत्महत्या गर्ने गर्दछ । व्यस्तता भएको कारण जीवनमा एक्लोपनले आत्महत्यालाई भित्राउने गरेको छ । कतिपय मानिसले मर्न भन्दा पनि जीवनको बाटोमा अन्यौलता देखेपछि हार मान्दै आत्महत्या गर्न बाध्य हुन्छ ।

जीवन जीउने आधार स्पष्ट नदेखिए यसले ज्यान लिने गर्दछ । एकहोरो भइ बस्ने, एक्लै हराउने, भीड देखेपछि डराउने यस्ता प्रकारका मानिसहरुको आत्महत्या गर्ने दर बढि हुने गर्दछ । आत्महत्याको विचार मनमा पलाए र उक्त सोचलाई न्युनीकरण गर्न आफूले नजीक रहेको व्यक्तिलाई आफ्नो विषय बस्तुको ज्यात गराउने हल निकाल्न प्रयास गर्ने हो भने उचित हुने छ । मानसिक सन्तुलनलाई काबूमा राख्नु आवश्यक हुने गर्दछ । आफ्नो धैर्यतालाई गुम्न नदिन सक्दो प्रयास गर्नु पर्छ । समाजमा उक्त विषय निकै भयावह बन्दै गएको छ ।

सम्पूर्ण मानिसहरुका लागि विभिन्न कार्यक्रमको समेत आयोजना हुने गर्दछ । उक्त कार्यक्रमहरुमा सहभागी भइ विचारलाई बलियो बनाउन आवश्यक हुने गर्दछ । सरकारहरु यस मुद्दा प्रति गम्भीर भइ कार्य अगाडी बढाउनु पर्ने देखिएको छ । राज्यको नागरिक प्रतिको दायित्वमा कमी आएपछि यस्ता प्रकारको घटनाहरु बढदै गएको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वनै त्रसित भएको छ । रोकथाम गर्न विश्व लकडाउको अवस्थामा रहेको छ ।मानिसहरुले आफ्नो रोजगारी गुमाइरहेका छन् । आम्दानी नभए सम्पूर्ण व्यवस्था कहाँबाट मानिसले गर्ने विषयका कारण हार मान्दै दनिक मानिसहरु आत्महत्या गर्न बाध्य रहेका छन् ।दैनिकी चलाउनु मुश्किल देखिएकापछि सजीलो उपायका रुपमा मानिसहरुले आत्महत्या रोज्ने गर्दछ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्