Logo

एमसीसी संसदमा लानुपूर्व अख्तियारमा आयुक्त नियुक्तिको तयारी



काठमाडौं, २ असार । सम्भवत अर्को हप्ताभित्र संवैधानिक परिषदको बैठक बस्नेछ । बैठकले संवैधानिक आयोगहरुको नियुक्ति गर्ने सम्भावना बलियो छ ।

अमरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा मतदानका लागि लानुपूर्व आयोगहरुमा नियुक्तिको चहलपहल बढेको हो । संवैधानिक आयोगमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरैको चासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक आयुक्तमा आफ्ना मान्छे बनाउन राजी भए प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा साथ दिन तयार छन् । उनले आफ्नातर्फबाट मान्छे धेरै अघि तयार गरिसकेका छन् ।

नक्शा जारी गर्दा देउवाले साथ दिएको, एमसीसीमा देउवा तयार भइसकेकाले ओलीलाई सजिलो भएको छ । त्यसैले एक आयुक्त पदमा देउवाले भनेको मान्छे आउने सम्भावना बलियो भएको छ । हाल दुई आयुक्त पद खाली छ ।

प्रमुख आयुक्त नविन घिमिरेको पदावधि भदौमा सकिदैछ । त्यसपछि गणेशराज जोशी र सावित्री गुरुङ रहनेछन् । गुरुङ यसै वर्षको चैत्रमा अवकाश हुनेछिन् । कतिपयले सर्वेन्द्र खनाल बन्ने आँकलन गरेका छन् । तर, उनी विवादमा परेका छन् ।

अख्तियार संवैधानिक आयोगमध्येकै शक्तिशाली मानिन्छन् । अख्तियारमा ९ सय ९० कर्मचारी छन् । जसमध्ये ४ सय ३० प्रहरी हुन् । सातवटै प्रदेशमा कार्यालय छ ।

सरकार फेरबदल नभए प्रमुख आयुक्तमा प्रेमकुमार राई तयारी अवस्थामा छन् । आयुक्तहरुमा पूर्व प्रहरी अधिकृतहरुको दौडधुप चलेको छ ।



प्रतिक्रिया दिनुहोस्