काठमाडौं, २ असार । नेपालमा आज ३ सय ८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये महिला ४ सय ९९ र पुरुष ६ हजार ९२ छन् । संक्रमित संख्या बढिरहेकाले शतर्क हुन भनिएको छ ।
यसअघि हिजो संक्रमित संख्या छ हजार नाघेको थियो । हिजो ४ सय ५१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको थियो ।
हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् । निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।
लकडाउन खुकुलो बनाएपछि संक्रमितको संख्या झन बढिरहेको छ ।




प्रतिक्रिया