काठमाडौं, २ असार । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज छलफल गरेकी छन् ।
अर्यालले काम गर्ने क्रममा खुट्टा नकमाउन आग्रह गर्दै कसैको धाक, धम्कीसँग नडराईकन काम गर्न आग्रह गरिन् । प्रत्येक समयको महत्व बुझेर काम गर्द आग्रह गर्दै उनले बढी समय लिएर पनि पूर्ण प्रतिवेदन दिन समेत निर्देशन दिएकी थिईन् । बरु बढी समय लिनुस् तर प्रतिवेदन पूर्ण बनाएर दिनुस्, पूर्ण भएन भने मन्त्रालयले एक्सन लिन सक्दैनु, मन्त्री अर्यालले भनिन् । आयोगले नै सबै काम, प्रकृया पुर्यौएर मन्त्रालयलाई हस्तान्तरण गरेपछि मन्त्रालय एक्सनमा जाने मन्त्री अर्यालको भनाई थियो ।
आयोगले मन्त्रालय र सिंगो सरकारका अपेक्षा पूरा गर्नका निम्ति काम गर्न निर्देशन दिँदै भनिन्, कामहरु निकै असजिलो छ, केही लोभ, लाभलाई टाढै राखेमा काम गर्न सजिलो हुने छ, भूमि व्यवस्था मन्त्रालयको नेतृत्व गर्दा शुरुका केही महिना विभिन्न इन्ट्रेष्ट ग्रुपहरुको घेराबन्दीमा परेको अनुभव सुनाउदै मन्त्री अर्यालले आफ्नो काम गर्ने शैलीका कारण अहिले अनुचित मान्छेहरु प्रवेश नै नगर्ने अवस्था बनाएको हो । अनुचित मान्छेहरुलाई व्यवहारले नै पन्छाउने हो, अन्य मान्छेमार्फत प्रयत्न गर्छन् त्यसलाई मेरो त्यो एजेण्डा नै होइन भनेपछि छलफल नै चल्दैन ।
आयोग पनि धेरै घेराबन्दी हुने आयोगहरुमध्ये भएको भन्दै उनले विगतमा इन्ट्रेष्ट राखेर नै गलत कामहरु गरिएका कारण सरकार त्यसलाई फर्काउन लागिरहेको स्पष्ट पारिन पार्दै अनुचित खालका घेराबन्दी, प्रस्तावहरु आएपनि त्यसलाई पन्छाएर जनताका पक्षमा काम गर्न आग्रह गरिन् । अवसर पाएको बेला राज्यले विश्वास गरेका बेला काम गरेर देखाउन सकियो भने सधैं–सधैं भावी पुस्ताले पनि नाम लिन सक्ने मन्त्री अर्यालको तर्क थियो ।




प्रतिक्रिया