Logo

वैकल्पिक सिकाइ विधिबाट लाखौँ विद्यार्थी लाभान्वित



काठमाडौँ, ३ असार । सरकारले वैकल्पिक विधिबाट पठनपाठन अगाडि बढाएसँगै विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीहरू लाभान्वित हुन थालेका छन् ।

शिक्षण सिकाइमा प्रयोगमा आउने रेडियो, एफएम, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्यापनलाई निरन्तरता दिइएपछि घरमै बसेर विद्यार्थीको सिकाइमा निरन्तरता दिन सकिने अवस्था सिर्जना भएको हो ।

सरकारी पहलमा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट पठनपाठन सुरुवात गरिएको छ । जनक शिक्षा सामग्री केन्द्रको पहलमा विद्यालयमा पुस्तक पु¥याइएको छ र विद्यालयको सम्पर्कमा आएका सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध भइसकेको छ ।
केन्द्रका महाप्रबन्धक महेश तिमल्सिनाले ७५ प्रतिशत पुस्तक बिक्री भएको जानकारी दिएका छन् ।

उनका अनुसार अधिकांश पहाडी जिल्लाका विद्यार्थीको हातमा नयाँ पुस्तक पुगिसकेको छ भने तराईका जिल्लामा पुग्न बाँकी छ । कोरोना भाइरसको सङ्क्रमणका कारण धनगढी, नेपालगञ्ज विराटनगर, जनकपुर लगायतका क्षेत्रमा पुस्तक वितरणमा समस्या भएको उनले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्