काठमाडौं, असार ३ । बाँकेमा कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी ति महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार साँझ ज्यान गुमाएकी बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलामा कुनै लक्षण नदेखिएपनी एक्कासी स्वास प्रस्वासमा समस्या बढेपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृत्युको कारण सामान्य नलागेपछि उनको स्वाव परिक्षण गरिएको र मंगलबार बेलुका आएको कोरोना रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।
गत जेठ ३० गते अस्पताल भर्न भएकी मृतक निमोनियाले पीडित रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारीक रुपमा कोरोनाका कारण मृत्यु भएको घोषणा गरेको छैन् ।नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ । मृतक मध्ये अधिकांसमा ज्यान गुमाईसकेपछि कोरोना पुष्टि हुँदै आएको छ ।




प्रतिक्रिया