Logo

प्रधानसेनापति र सशस्त्र प्रहरी प्रमुख दार्चुलाको छाङरु प्रस्थाहन



काठमाडौं, असार ३ । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल हालै स्थापना गरीएको सशस्त्र प्रहरी बोर्ड तथा आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि दार्चुला प्रस्थाहन गरेका छन्।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको नेपालको नक्सा जारीसंगै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट तथा सेनाको अस्थायी बेस निरीक्षणका गर्न उनीहरु त्यसतर्फ लागेका हुन् ।

गत बैशाख अन्तिममा र जेठको पहिलो हप्ता सरकारले उक्त क्षेत्रमा बिओपी र सैनिक बेस स्थापना गरेयता यो पहिलो उच्चस्थरिय सैनिक अधिकारीको निरक्षण रहेको सैनिक स्रोतले जनाएको छ ।

काठमाडौंदेखि धनगढीसम्म चार्टर उडानमार्फत र त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको छाङरु पुग्ने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस्