Logo

भारतीय सैनिकले गरेको बलिदानी खेर जान नदिने मोदीको भनाई, गरे दुई मिनेट मौनधारण (भिडिओसहित)



काठमाडौं, ३ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिकले गरेको बलिदानी खेर जान नदिने स्पष्ट पारेका छन् । उनले चिनियाँ सैनिकहरूसँगको झडपमा परी मृत्यु भएका २० सैनिकको सम्मानमा २ मिनेट मौनधारण गरेका थिए । बुधबार कोरोनाभाइरसको नियन्त्रणका सम्बन्धमा मुख्यमन्त्रीहरूसँगको भर्चुअल मिटिङको सुरूमा मोदीले दुई मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । र, लगत्तै उभिएर मौनधारणा गरेका थिए ।

सम्बोधनको क्रममा उनले भनेका छन्,‘मेरो देशलाई भरोसा दिलाउन चाहन्छु, भारतीय सेनाको बलिदानी खेर जानेछैन् । हाम्रो लागि भारतको अखण्डता र सम्प्रभुता सबैभन्दा ठूलो छ । यसको रक्षा गर्नको लागि हामीलाई कसैलेपनि रोक्न सक्दैन् । या विषयमा कसैलाई पनि कुनै किसिमको भ्रम र शंका हुनुभएन । भारत शान्ति चाहन्छ । तर, कसैले हामीलाई उक्साउँछ भने त्यसको जवाफ दिन पनि हामी सक्षम छौं।’ भिडियो स्रोत : एएनआई



प्रतिक्रिया दिनुहोस्