Logo

छोरीलाई घुमाउन घर बेच्ने आमा बाबु



मानिसहरुको आफ्ना सन्तान प्रति इच्छा र रहर पनि गज्जबका हुन्छ । यस्तै लन्डनमा २ छोरीका अभिभावकले छोरीहरुलाई घुमाउन आफ्नो घर र दुवैले जागिर छाडेका छन् । उनीहरु दुवैजना पेशाले शिक्षक हुन् ।

१२ र १० वर्षका दुई छोरी एमी र एलालाई स्कुलमा पढाउन भन्दा धेरै विश्व घुमाउन र फरक फरक मानिसहरुसँग भेटाउन चाहन्थे । उनीहरुले किताब पढेर भन्दा बाहिर घुमेर राम्रोसँग सिक्ने भन्दै पुरै परिवार एक वर्षको यात्रामा निक्लेका हुन् । यात्राको क्रममा उनीहरु खेतदेखि ज्वालामुखी सम्मको यात्रा गरेको बताएका छन् ।

उनीहरुको यात्राको बारेमा बिबिसी मा पनि लाइभ गरेका थिए । टिम र कैरीले आफ्नो सन्तानको साथमा फेरी तत्काल दोस्रो यात्रामा निस्कने तयारी गरिरहेका छन् । उनीहरुको पहिलो यात्रा २० हजार मिलको दुरी तय गरिएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्