Logo

रुकुमपश्चिम घट्ना : बालुवाटार, बुढानिलकण्ठ र खुमलटार घेर्ने ऋषि धमलाको चेतावनी



काठमाडौं, ३ असार । रिपोर्टर्स क्लब नेपालका सभापति प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जबसम्म बालुवाटार, खुमलटार र बुढानिलकण्ठ बोल्दैन तबसम्म रुकुम घटनाका पीडितहरुले न्याय नपाउने ठोकुवा गरेका छन् । संयुक्त दलित युवा संघर्ष समितिले माईतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

धमलाले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तीनै नेताहरुलाई कटाक्ष गर्दै भने,’देशको हरेक परिवर्तनमा विभेदमा परेका परिवारहरुले ज्यान गुमाएका छन्, तर तपाईहरुले दलितलाई कति न्याय गर्नु भयो, ६० लाख दलितहरुले के पाए, झन पीडामाथि पीडा थपिने नरसंहार हु्न्छ तर तपाईहरु किन चुप लागेर बस्नुहुन्छ ।’

धमलाले पृथ्वीनारायण शाहदेखि अहिलेसम्मका राजनीतिज्ञहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डलगायतका नेताहरुलाई दलित समुदायहरुले धेरै कुरा सिकाएको र अहिले पनि साथ दिईरहेको सुनाए । उनले भने,’तर रुकुम घटनाको निश्पक्ष छानविन नभई धाँदली भयो भने ६० लाख दलित समुदायहरुले तपाईहरुको निवास–निवास घेर्नेछन्, सिंहदरबार घेर्नेछन् । देशैभर न्यायको आन्दोलन गर्ने छन् त्यस आन्दोलनमा ऋषि धमलाको पनि साथ हुने छ ।’

उनले अघि थपे,’अब हुने आन्दोलनले रुकुम घटनामा जो–जो संलग्न छन् उनीहरुको चिरफार गर्ने छ  उनीहरुको निधारमा लागेको कालो टिकालाई परिवर्तन गर्दै रातो टिका लगाउने छन् ।’

दलित नेताहरुले आ–आफ्नो पार्टीभित्रका शिर्ष नेताहरुलाई अबका दिनमा नवराज विश्वकर्मा लगायतकाहरुले जस्तै अबका दिनहरुमा अन्याय भोग्नुपर्ने छैन भनेर संयुक्त वक्तव्य जारी गर्न लगाउन धमलाले आग्रह गरे । उनले भने,’दलित नेताहरुले समानुपातिक सांसदमा मात्र चित्त बुझाउने हैन, अब नेतृत्वमा पुग्नुपर्छ र समाजमा देखिएको विभेदकारी दमनको अत्न्य गर्नुपर्छ ।’ Photo By: Mukunda Kalikote-ReportersNepal.com

 



प्रतिक्रिया दिनुहोस्