काठमाडौं, असार ४ । वैदेशिक रोजगारबाट फर्कने कामदारलाई तोकिएको हवाई भाडादर महँगो नभएको सरकारले दाबी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले सरकारको बचाउ गर्दै भाडा महँगो नभएको बताएका छन्।
बजेटको विनियोजन विधेयकमाथि उठेको प्रश्नको बुधबार राष्ट्रिय सभामा जवाफा दिँदै मन्त्री भट्टराइले सरकारले तोकेको भाडा साविकभन्दा आधा नै सस्तो भएको दाबी गरे। कामदार ल्याउन सरकारले तोकेको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले लागत खर्च उठाउने गरी भाडा निर्धारण गरिएको पर्यटनमन्त्री भट्टराईले बताए।
‘अहिले ४ गुणासम्म भाडा महँगो लिएको हल्ला चलेको छ’ मन्त्री भट्टराइले भने,‘तर सरकारले गन्तव्य मुुलुकको न्यूनतम् भाडा निर्धारण गरेको छ।’ जुन १० गते तयार पारिएको भाडादर गन्तव्य मुुलुकबाट मात्र नेपाली ल्याउने भनेर निर्धारण गरिएको थियो। यसको केही दिनपछि कोरोना नियन्त्रण व्यवस्थापन समितिको सुझाव पश्चात यताबाट सम्बन्धित मुुलुकमा जानेलाई लैजान मिल्ने सुविधासहित एक सय डलर कम गरी नयाँ भाडादर कायम गरिएको थियो।
‘साविकको समयमा अमेरिकाका लागि करिब ३ हजार, क्यानाडा ३५ सय, अस्ट्रेलिया २५ सय डलरसम्म लिने गरेकोमा हामीले अमेरिकाका, अस्ट्रेलिया जस्ता मुलुकको भाडादर १६ सय डलरसम्म कायम गरेका छौं। त्यसमा सम्बन्धित एयरलाइन्स कम्पनीले सहमति जनाएका छन्’, मन्त्री भट्टराईले भने,‘टिकट काट्दा ट्राभल एजेन्सीले बढी शुल्क लिएको पुष्टि भएमा लाइसेन्स खारेज गरी कारबाही गर्छौं।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।




प्रतिक्रिया