Logo

भारत-चीनबीच युद्ध टार्न पहल, मेजर जनरल तहमा वार्ता



एजेन्सी, ४ असार । भारत र चीनबीच लदाख क्षेत्रमा युद्धको खतरा बढिरहँदा दुवै देश कुटनीतिक र सैन्य तहमा वार्ताबाट समस्या समाधान गर्न सक्रिय भएका छन् । हिजो दुवै देशका विदेशमन्त्रीस्तरीय टेलिफोन कुराकानी भई शान्तिपूर्ण समाधान निकाल्ने सहमति बनेको छ ।

आजै लदाख क्षेत्रमा भारत र चीनबीच मेजर जनरल तहमा वार्ता भइरहेको छ । वार्तामा सोमबार सैनिकबीच भएको झडपको समिक्षा गरी सहमति खोज्ने प्रयास हुने बताइएको छ । भारतीय सञ्चारमाध्यमले वार्ता भइरहेको जानकारी दिएका छन् ।

यसैगरी, भारतभित्र चीनविरोधी भावना विकास भएको छ । कतिपय राज्यहरुमा चीनको उत्पादन र खानासमेत बहिष्कारको अभियान चलाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्