Logo

भारतबाट चेकजाँच विना ह्वारह्वारी आउने दिने ? नाका शिल गर्नुपर्छ- डा. सुन्दरमणि दीक्षित



काठमाडौं, ४ असार । नागरिक अगुवा डा. सुन्दरमणि दिक्षित खरो बोल्छन् । उनले विगतमा कोरोना भाइरसको खतरनाक अवस्था आउने भविष्यवाणी गरेका थिए । त्यस क्रममा पटक पटक विवादमा पनि आए । उनी अहिले नाका नाका शिल्ड गरेर चेकजाँच कडा पार्नुपर्ने र क्वारेन्टाइन व्यवस्थित गर्नुपर्नेमा जोड दिदै आएका छन् । डा. दिक्षितसँग यीनै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
असार महिनाभित्रै कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने स्वास्थ्य मन्त्रालयले घोषणा गर्यो, तपाईंलाई के लाग्छ ?
यस्तो हुनुनपर्ने थियो, अब हुने भयो ।
कसरी घोषणा गर्यो स्वास्थ्य मन्त्रालयले ?
स्वास्थ्य मन्त्रालयले के गरोस् त ? आखिर दिनप्रतिदिन बढ्दै गएको छ । पहिला छँदैछैन भने । हामीले तीन महिनाभित्र यति पुग्छ भनेकै थियौं । अहिले आएर ऊ पनि भन्न वाध्य भयो । कनि भने अझ त्योभन्दा अभैm बढी हुनुपर्छ यहाँ । अब लुकाएर लुकिँदैन । आइसक्यो, त्यो कमसेकम उनीहरुले लाज पचाएर पनि भन्नुपर्यो । हामीले त पहिलादेखि यस्तो भनेका थियौं । उनीहरुले नै कच्चा काम गरेर यो किसिमबाट फैलिन दिएको अरु केही होइन ।
अहिलेको अवस्था संख्या ह्वात्तै बढ्यो भने व्यवस्थापन गर्न गाह्रो हुँदैन ?
अब एकदमै गाह्रो छ । अझै पनि नेपालीव्यापी भइसकेको छैन । अहिलेसम्म जति देखिएका छन् सबै बाहिरबाट आएका हुन् । भित्रभित्रै त अभैm सल्किएको छैन । बाहिरबाट आउनेलाई मात्रै हामीले कन्ट्रोल गर्न सकेको भए यत्ति पनि हुने थिएन । क्वारेन्टाइनको व्यवस्थापन कच्चा हुनाले पनि धेरै संक्रमण बढ्यो । अर्को काठमाडौंका नाकामा कन्ट्रोल गर्न सकेनन् । पीसीआर परीक्षण बढाउनुपर्नेमा अहिले आएर रोग नदेखिइकन गर्नुनपर्ने भनेपछि अनि यो मुलुक खतरामा पर्दैन । अरु मुलुकले चाहीं पिसीआर टेष्ट बढाइरहेका छन् । हाम्रो चाहीं संक्रमणको संख्या बढेपछि परीक्षण घटाइएको छ ।
देशैभरी संख्यामण ह्वात्तै बढ्यो किन यस्तो भयो ?
अहिलेसम्म जति पनि देखिएका छन्, तिनीहरु सबै भारततिरबाट आएका छन् । यति ठूलो संख्यामा कामदार भारतमा रहेछन् अब हाम्रो पनि आँखा खुल्यो । अनि भारतमा यति धेरै संक्रमण फैलिएको छ । त्यहाँबाट हाम्रा नेपालीहरु ठूलो संख्यामा आए । भारतको त जनसंख्या धेरै छ । अनि अहिले देखिएको संख्या पनि कम हो । हाम्रो त जनसंख्याको आधारमा हेर्ने हो भने संक्रमणको संख्या ठूलो हो । यसलाई पूर्ण रुपमा कन्ट्रोल गर्नुपर्छ भनेर हामीले बारबार भनेका थियौं । तर, सरकारले कन्ट्रोल नै गर्न सकेन । लुकीछिपि आउने एउटा कुरा हुन्छ । तर, व्यवस्थापनको लागि वैज्ञानिक ढंगले प्लानिङ गर्नुपथ्र्यो । स्वास्थ्य सामाग्रीको बन्दोबस्त गर्नुपथ्र्यो । सरकार खाली ¥यापिट टेष्ट, ¥यापिट टेष्ट भनेर हिड्यो । ¥यापिट टेष्ट एकदमै काम नगर्ने कुरा हो । तर अहिले पनि हाम्रो सरकार ¥यापिट टेष्ट यति लाखको गरेँ भनेर के गरिरहेको छ । त्यो विलकुलै नचाहिने कुरा हो । पीसीआर गर्नुपर्ने हो । अब पीसीआर मेसिन देशभरिमा ५, ६ वटा मात्रै छन् रे । त्यो पनि अस्ति गण्डकी अञ्चल जहाँ कोरोनाको उच्च जोखिम देखिएका त्यहाँ तीनवटा पीसीआर मेसिन छ रे । त्यसमा पनि एउटा मात्रैले काम गरेको छ रे दुईवटा काममा आएको पनि छैन रे । यस्ता–यस्ता नचाहिने कुरा सरकारबाट भएपछि अनि रोग नफैलिएर के फैलिन्छ ?
यो रोगको रोकथाम कसरी गर्ने त ?
रोगको रोकथाम गर्नुपर्छ । अभैm पनि बोर्डरलाई पूर्ण रुपमा बन्द गरेर परीक्षण गर्नुपर्छ । अर्को अब त गाउँ–गाउँमा पनि स्याम्पलिङ टेस्टिङ गर्नुपर्ने आवश्यकता छ । गाउँमा पनि कति फैलिइसकेको छ । शहरभित्र फैलिएको छ, छ । शहरमा पनि परीक्षण बढाउनुपर्यो । अब लकडाउन गरेर मात्रै पनि साध्य हुँदैन । सरकारलाई सजिलो थियो । लकडाउन गरिदियो आरामसँग बस्यो । त्यसले पनि मुलुक खत्तम हुँदोरहेछ । त्यसकारण स्याम्पलिङ टेष्ट गर्नुपर्छ । पीसीआर टेष्ट त झन्झन् बढाउनुपर्छ । चाइनाले फेरि लकडाउन गर्न लागेको छ । त्यसैले नेपालमा पनि सरकारले ध्यान दिनुपर्छ ।
नेपालमा त लकडाउन खुकुलो भइसक्यो अब सरकारले के लकडाउनलाई कडाइं्र गर्ने ?
मैंले लकडाउन गर्नुपर्छ भनेको होइन । नेपालमा अहिले पनि लकडाउन छ । लकडाउन खोलेको होइन खुकुलो पारिएको हो । खुकुलो पर्नुपर्छ । तर, नाका, नाका बन्द गरेर बोर्डरलाई सिल गर, हामीले त त्यही भनेका छौं । अहिले नेपालमा जति देखिएका छन्, सबै भारतबाट आएका हुन् । भारतको बोर्डरमै क्वारेन्टाइनको पूर्ण रुपमा व्यवस्था गरौं न अनि बढ्दै बढ्रदैन नि । बोर्डरमै पूर्ण रुपमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण गरेर नेपाल छिराउने हो भने नेपालमा संक्रमितको संख्या बढ्दै बढ्दैन । भारतबाट कुनै चेक, जाँचै नगरी ह्वार, ह्वार आउने दिने । घर पनि बनाउछु भन्ने बाढी पनि आउन दिन अनि घर बगाउँदैन ? घर जोगाउन पहिला बाढी रोक्नुपर्यो नि । अहिले भारतबाट नेपालमा रोगको ठूलो बाढी आइराखेको छ । त्यसलाई सरकारले रोक्दै नरोक्ने । गाउँ–गाउँ छिरेर क्वारेन्टाइनमा बसेकालाई पनि पीसीआर परीक्षण नै नगर्ने । जब चारैतिरबाट बाढी आएर बगाउँछ अनि हामीकोमा कन्ट्रोल भएन भनेर के काम लाग्छ ? त्यसैले अहिलेसम्म जति देखिएका छन्, ती सबै बाहिरबाट आएका छन् । अनि कसरी कन्ट्रोल हुन्छ ?
त्यसोभए भारतबाट कुनै पनि नेपालीलाई स्वदेश ल्याउनुभएन ?
होइन, उनीहरुलाई नेपाल आउन दिनुहुँदैन भनेको होइन । ल्याउने तर एकदम व्यवस्थित ढंगले बोर्डरमै रहेकालाई १५ दिन क्वारेन्टाइनमा राखेर हरेकको पीसीआर परीक्षण गरेर त्यो टेष्ट निगेटिभ नआइकन उसलाई घर पठाउँनु हुँदैन । सरकारले यति ग¥यो भने हाम्रा गाउँगाउँमा फैलिन रोकिन्छ । शहरी क्षेत्रमा पनि रोकिन्छ । काठमाडौंको हेर्ने हो भने नागढुंगालाई कडा गर । फर्पिङको बाटो भए इन्ट्रिपोइन्ट कडा गर । वीपी राजमार्ग पनि कडा गर । अर्को देशव्यापीरुपमा पूरा बोर्डर कडा गर । क्यारेन्टाइनको एकदमै राम्रो व्यवस्था हुनुपर्यो । क्वारेन्टाइनमा राखिएका मान्छे खाननपाएर भाग्नुनपरोस् । क्वारेन्टाइनमा सुत्न, खान र ट्वाइलेटको व्यवस्था नभएर भाग्नुपर्ने अवस्था भनेको सरकारको सबैभन्दा ठूलो लापरवाही हो । व्यवस्थिति र सुरक्षित भए भाग्दैभाग्दैनन् नि ।
लकडाउनको बेलामा संसाद्हरुले सवारी भत्ता लिए किन यस्तो भएको ?
अहिलेका प्रधानमन्त्री, मन्त्री र सांसदहरुले नेपाललाई हेरेका छन् ? उहाँहरुको लागि त जे गरेपनि छुट छ नि । लकडाउनको बेलामा पनि सबै सुविधा लिने । अझ ८, ९ महिना अगाडि सांसद्हरुले आफ्नो भत्ता बढाउ भनेको होइन ? अझ कुन कुन प्रदेशमा त सांसद, मन्त्रीहरुले आफ्नो तलब, भत्ता, सुविधाहरु बढाएका छन् । यस्तो अवस्थामा राष्ट्रपति भवनमा कार्पेट १ करोडको किन्दैछन् भने यस्तो संवेदनशील अवस्थामा उनीहरुको जिम्मेवारी के हो ? अहिले कुनै मन्त्री गएर क्वारेन्टाइन निरीक्षण गरेका छन् । प्रधानमन्त्री गएका छन् अझ उनी त जान पनि सक्दैनन् । कतै गएर केही खोजी नै गरिएको छैन । अनि अब रोग ह्वात्तै आयो भनेर घोषणा गर्ने बाहेक उनीहरुसँग के छ । वास्तै गरेनन् अनि आयो नि । वास्ता गरेर व्यवस्थित गरेको भए आउने नै थिएन नि ।-File Photo



प्रतिक्रिया दिनुहोस्