Logo

रावणले मरण अघि सुनाएका यी सुत्र



रावणका नराम्रा धेरै कुरा भएपनि उनी प्रकांड पण्डित पनि हुन् भन्ने कुरा अस्विाकार गर्न मिल्दैन । जब भगवान श्रीरामले रावणको बध गरे त्यो भन्दा पहिले लक्ष्मणलाई केही कुरा बताएका थिए । उक्त कुरा यस्तो थियो कि जुन आजपनि उत्ती नै सान्दर्भिक छ ।

१. आफ्नो साथी, द्वारपाल, खाना पकाउने भान्छे र भाईलाई शत्रु बनाउनु हुँदैन । यीनीहरुले कुनै पनि समयमा हानी गर्न सक्छन् ।

२. सधै जित भएपनि आफूलाई सधै बलबान ठानेर गल्ती नगरौं ।

३. सधै आलोचन गर्ने मन्त्री वा साथीको विश्वास गर्नुहोस् ।

४. दुश्मनलाई कहिल्यै पनि सानो र कमजोर सम्झनुहुँदैन । हनुमानलाई चिन्न नसक्नु मेरो भुल भयो ।

५. भाग्यमा जे लेखिएको छ त्यो भोग्ने पर्छ त्यसैले भाग्य नै बदलिदिए भनेर भुल नगर्नुहोस् ।

६. ईश्वरलाई प्रेम वा घृणा जे गरे.पनि पूर्ण शक्ति र समर्पणको साथमा गर्नुहोस् ।

७. जित्ने राजाले लोभबाट टाढा रहनुपर्छ अन्यथा विजय सम्भव छैन् ।

८. राजाले अरुको भलाइको लागि पाउने सानो मौकालाई हेलचेक्राई गर्नुहुँदैन ।



प्रतिक्रिया दिनुहोस्