Logo

कैलाली घटनाका दोषीलाई कारबाहीको माग



काठमाडौँ, ५ असार । प्रतिनिधि सभाको बैठकमा कैलालीस्थित एक क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग भएको छ ।

बैठकमा विशेष समय लिएर सांसदले उक्त घटनाको विरोध गर्दै दोषीलाई हदैसम्म कारबाहीको माग गरेका हुन् । सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले उक्त घटनाको विरोध गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद थममाया थापाले क्वारेन्टाइन अव्यवस्थित र असुुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कैलालीस्थित क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै उनले क्वारेन्टाइनमा महिलालाई छुट्टै राख्ने व्यवस्थाको माग गरेका छन् । नेकपाकै सांसद रेखा शर्माले क्वारेन्टाइनमा भएका हिंसाका घटनाको विरोध गरेका छन् । व्यवस्थापन नहुँदा क्वारेन्टाइनमा हिंसाका घटना भइरहेको र क्वारेन्टाइन हिंसाको क्रीडास्थल बनेको भन्दै सुरक्षित राख्ने प्रबन्ध गर्न सरकारले विशेष ध्यान पु¥याउनुपर्ने उनले बताएका छन् ।

एमसीसीलाई देश अनुकूल हुनेगरी पारितको प्रक्रिया अगाडि बढाउन उनले आग्रह गरेका छन् । यस्तै काँग्रेस सांसद पुष्पा भुसालले कैलालीस्थित क्वारेन्टाइनमा भएको बलात्कार घटनाको विरोध गरेका छन् । उनले उक्त घटनाका दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् । काँग्रेसकै सांसद डिला सङ्ग्रौलाले पनि दोषीलाई कारबाही गर्न माग गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्