Logo

२०२० को पहिलो सुर्यग्रहण नेपालबाट पनि हेर्न सकिने (समयसहित)



असार ७ वा २१ जुन । यो वर्षकै लामो दिन । यो दिनमा २०२० को पहिलो सुर्य ग्रहण लाग्नेछ । उक्त दिन सुर्यग्रहणले चन्द्रमा सुर्यलाई ९८.८ प्रतिशत भाग ढाकिदिनेछ । नेपाल, भारत, पाकिस्तान, साउदी अरब, युएई, एथोपिया तथा कंगोबाट सुर्य ग्रहणलाई हेर्न सकिनेछ ।

सुर्यग्रहणको समय– बिहान १० बजेर ३५ मिनेटमा शुरु भएर १२ बजेर १७ मिनेटमा पुर्ण प्रभाव छोड्दै दिउसो २ बजेर ६ मिनेटमा समाप्त हुनेछ । ग्रहण लाग्नु भन्दा पहिला १२ घण्टा अगि देखि नै सुतक काल मानिन्छ । सुतक असार ५ को रातीको १० बजेर ९ मिनेटबाट शुरु हुन्छ ।

यो सुर्यग्रहण न त पुरै ग्रहण लाग्छ न त आंशिक । किनकी चन्द्रमाको छायाले सुर्यलाई ९९ प्रतिशत भाग ढाकीदिनेछ । आकाशमा चन्द्रमाको छाया सुर्यको केन्द्रसँग मिलेर सुर्यलाई चारैतिरबाट एक वलयाकार आकृति बनाइदिनेछ । सुर्यको आकार एक चम्किलो औठी जस्तो देखिनेछ । चन्द्रमालाई जस्तै सुर्य ग्रहणलाई खुला आँखाले हेर्न नहुने वैज्ञानिकहरुले बताएका छन् । यसलाई टेलिस्कोप वा ग्लासको उपयोग गरेर हेर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्