Logo

ओलीको जुत्ता पालिस होईन, सिमामा गएर पाले बस्न अमरेश कुमारलाई बिडारीको सुझाव (भिडिओसहित)



काठमाडौं, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्टियसभाका सदस्य रामनारायण बिडारीले कांग्रेस नेता तथा सांसद डा. अमरेश कुमार सिंहलाई सिमामा गएर पाले बस्न सुझाव दिएका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बिडारीले यस्तो बताएका हुन् । सिंहले पत्रकार ऋषि धमलासँगको कुराकानीमा केपी ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याए आफूले आजिवन ओलीको जुक्ता पालिस गरेर बस्ने घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्