Logo

चीनमा भेटियो नर्क जाने बाटो, बाहिर नै निस्कन्छ आगो



चीनको दक्षिण राज्य झिनझियांगको एक पहाडी गाउँको जमिनमा रहस्यमय खाल्डो डरको कारण बनेको छ । त्यहाँ जमिनबाट आगो बाहिर नै देखिन्छ । मानिसहरु डराएर यसलाई नर्क जाने बाटो भनिरहेका छन् ।

आगो निस्कने खाल्डो करीब ३ फुट गहिरो भएको पत्ता लागेको छ । त्यहाँ निस्किएको आगोको तापक्रम लिदा सबैको होस नै उडेको थियो । २ मिटर टाढाबाट नाप्दा पनि आगोको तापक्रम ७९२ डिग्री सेल्सियस थियो ।

खाल्डोबाट आगो निस्किएको स्थान ज्वालामुखी भएको स्थान नभएको वैज्ञानिकहरुले बताएका छन् । वरपरका गाउँका मानिसहरुले धेरै समयअघि देखि निकै तातो भएको बताएका छन् । १९७० मा उक्त स्थानबाट कोइला निकालिएको तथ्य एक्सपर्टहरुले बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot