Logo

जर्मनीमा कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन सात सय ७० जना नयाँ संक्रमित भेटिए



५ असार : जर्मनीमा शुक्रबार एक महिनाको अवधिमा एकै दिन ठूलो संख्यामा कोरोनाभाइरस संक्रमित व्यक्ति फेला परेका छन् ।

जर्मनीको रोग नियन्त्रण केन्द्र रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार शुक्रबार एकै दिन ७७० जना नयाँ संक्रमित व्यक्ति भेटिएका छन् । योसहित जर्मनीमा कूल संक्रमित व्यक्तिको संख्या एक लाख ८८ हजार ५३४ पुगेको छ ।

यसैगरी चीनले बेइजिङमा एकाएक देखिएको कोरोनाभाइरस नियन्त्रणमा आएको छ । बेइजिङमा करिब ३ लाख ६० हजारमा परीक्षण गर्दा २५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

बेइजिङमा गत साता १८३ जना नयाँ संक्रमित भेटिएका थिए । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले केही विशेष क्षेत्रमा यस्ता संक्रमणका घटना देखिनु सामान्य रहेको बताउँदै रोकथामका उपायलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ ।-एपी



प्रतिक्रिया दिनुहोस्