Logo

डब्लुएचओको चेतावनी- सँसार खतरनाक चरणमा



एजेन्सी, ५ असार । हिजो एकै दिन डेढ लाख कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्म एकै दिन सर्वाधिक संख्या थपिएको किर्तिमान हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आडानोम गेब्रिसेसले थपिएको संख्याबारे जानकारी दिदै अहिलेसम्मकै सर्वाधिक भने । शुक्रबारको प्रेस ब्रिफिङमा उनले दक्षिण एशिया र मध्यपूर्वमा संख्या बढी थपिएको बताए ।

उनले विश्व नयाँ र त्रासदीपूर्ण चरणमा रहेकोतर्फ औल्याए । उनले भने, ‘विश्व नया र डरलाग्दो चरणमा छ ।’ मानिसहरु घरमा बस्दा वाक्क भएर समाज र अर्थतन्त्र सुचारु गर्न खोजिरहेकोतर्फ औल्याउँदै भने, ‘भाइरस छिटो छिटो फैलिइरहेछ ।’ भाइरस डरलाग्दो भएको र धेरै मानिसहरु अझै असंवेदनशील देखिएकोमा चिन्ता व्यक्त गरे ।

विश्वभर कोरोना संक्रमित संख्या एक करोडतर्फ बढिरहँदा डब्लुएचओको भनाई आएको हो । संक्रमित वृद्धि भएपनि धेरै देशले लकडाउन खोलिसकेका छन् । यसले संक्रमण झन् फैलन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्