Logo

नेपाली काँग्रेसद्वारा इमाडोलमा रक्तदान



ललितपुर, ६ असार । आज इमाडोलमा सयौंले रक्तदान गरेका छन् । नेपाली काँग्रेस महालक्ष्मी नगरपालिका १, २, ३ र ४ समन्वय समितिको आयोजनामा महेन्द्र आदर्श माविमा रक्तदान भएको हो ।

रक्तदानमा उल्लेख्य संख्यामा महिला तथा पुरुषको उपस्थिति थियो । कोभिड १९ को त्रासका बीच असारको महिनामा रगत अभाव भइरहँदा रक्तदान भएको हो । रक्तदानमा प्रमुख अतिथि नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत थिए भने विशेष अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पवनविक्रम थापा थिए ।

कार्यक्रम आयोजक महालक्ष्मी नगरपालिका १, २, ३ र ४ समन्वय समितिका संयोजक प्रकाश पराजुलीले विपत्तिका बेलामा सेवाभावले उपस्थिति भइदिने सबैलाई धन्यवाद दिएका छन् । उनले कोभिड-१९ को चुनौतीका बाबजुद महालक्ष्मी नगरपालिकामा नेपाली काँग्रेसका नेता कार्यकर्ता तन, मन र धनले खटिएर समाजप्रति जिम्मेवारी देखाइरहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्