Logo

भारत–चीन सीमा विवादबीच बंगलादेशलाई फकाउँदै चीन



एजेन्सी, ६ असार । भारत र चीन बीच ताती रहेको सीमा विवादमै चीन बंगलादेश प्रति सहज बन्दै गएको छ । भारतसितको राम्रो निकट सम्बन्ध रहेको बंगलादेशप्रति चीनले सहजता देखाएकोे हो । यसलाई अर्थपूर्ण मानिएको छ ।

बंगलादेशसितको सहजताले भारतलाई अझ कमजोर पार्ने आँकलन गर्न थालिएको छ । चीनले भारतसंगको सीमा विवादकै बीच नेपाल प्रतिसमेत नरम भएको देखिन्छ । संयोगले नेपालले यसैबीच आफ्नो नयाँ नक्शा जारी गर्यो । नयाँ नक्शा जारी गर्न र भारतमाथि दवाव कायम गराउन चीनको मुख्य भुमिका रहेको छ ।

सोमबार राती मारिएका २० भारतीय सैनिकका बदला अर्थिक हिसाब लिने तरखरमा भारतको ध्यान केन्द्रित रहेको छ । यसैबीच बँगलादेशको चीनबाट आयत हुने सामाग्रीमा ९७ प्रतिशत भन्सार शुल्क छुट गर्ने योजना बेइजिङले बनाएको छ । बंगलादेशले चीनबाट पाँच हजार एक सय १६ प्रकारका सामाग्री भित्राउने गर्दछ । कम विकसित देशको नाताले चीनसंग ब्रगलादेशले छुट मागेका थिए ।

भारत र चीन बीचको विवाद भएको भोली पल्ट १६ जुनमा चीनले सामाग्रीमा छुट स्वीकृत गरेको थियो । नयाँ नियम एक जुलाई देखि लागु हुने गरी चिनियाँ अर्थ मन्त्रालयले सुचनामार्फत सार्वजनिक गरको हो । छुटको स्वीकृती भेटे पश्चात बंगलादेशले एसिया प्यासिफिक टे«ड सन्धी अनुसार थप तीन हजार भन्दा बढी सामाग्री भित्राउने योजना सार्वजनिक गरेको छ । जसमा बेइजिङ र ढाकाको सम्बन्ध सुमधुर र विकाशील हुने जनाइएको छ ।

व्यापार सम्बन्धमा विगत देखि भारत र बंगलादेशको राम्रो रहेको थियो । भारतले गत वर्ष एनआरसी र नागरिकता संशोधन बिल लागु गरेपछि इन्डो बंगला सम्बन्धमा दरार देखिएका हो ।-टाइम्स अफ इन्डियाको भावानुवाद



प्रतिक्रिया दिनुहोस्